काठमाडौं l काठमाडौंमा आजदेखि सुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सबैभन्दा बढी हुटिङ एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा देखियो । अध्यक्ष ओली सबैभन्दा ढिला आइपुग्नुभयो ।
उहाँ आउँदा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले बोलिरहनुभएको थियो ।
ओली प्रवेश गर्नेवित्तिकै हुटिङ भएको थियो भने कार्यक्रम सञ्चालक विश्वप्रकाश शर्माले ‘कमरेड अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्दछु’ भन्दा ठूलो संख्याले तालीले स्वागत गरे ।
अध्यक्ष ओलीलाई जस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पक्षमा पनि हुटिङ भयो ।
यो नि हेर्नुहोस्
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले देश र जनताको उन्नतिका लागि ल्याउने राष्ट्रिय नारा र गन्तव्यलाई अन्य दलले शब्द यताउति गरेर कपी गर्ने गरेको बताएका छन् । एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाइ दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले लिएको सम्बृद्ध नेपाल,सुखी नेपालीको नारा मुलुकेको राष्ट्रिय गन्तव्य रहेको बताए ।
अध्यक्ष ओलीले भने – हामीले समृद्ध नेपाल,सुखी नेपाली भन्यौं । अलि अलि शब्द यताउता पारेर सम्मानित नेपाली पो हुनुपर्छ भनेर केही अर्काथरीले पनि कपी गरेछन् । हिजो हामीले आफ्नो गाउँ आफैं बनाउँ भन्ने लहर चलायौं । त्यसपछि अनेक कालमा नाम परितर्वन गर्दै कपी गर्न खोजियो ।
गाउँ गाउँमा सहकारी घर घरमा भकारी यस्तै यस्तै । तर एमालेले लिने नारा भनेको राष्ट्रिय गन्तव्य हो । एमालेको सम्बृद्ध नेपाल सुखी नेपालीको नारा अपूर्ण रहेको भन्दै कांग्रेस महामन्त्रीका उम्मेदवार गगन थापाले विहिवार आफ्नो अवधारणा सार्वजनिक गर्ने क्रममा समुन्नत नेपाल,सम्मानित नेपाली हुनुपर्ने बताएका थिए ।
सम्बृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय गन्तव्यभित्र राष्ट्रियताको प्रश्न,लोकतन्त्रको प्रश्न,सामाजिक न्याय र समानताको प्रश्न सबै समेटिएको छ ।