Logout

चर्चामा

एमाले अध्यक्ष ओली अस्वस्थ, आजका भेटघाट कार्यक्रम रद्द

852 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । उहाँलाई रुघाखोकीसहित ज्वरो आएपछि आजका भेटघाट कार्यक्रम रद्द गरिएको उहाँको सचिवालयले जनाएको छ।

आज भएको एमालेनिकट प्रेस चौतारीको कार्यक्रममा अस्वस्थ भएका कारण आफू उपस्थित हुन नसकेपछि उहाँले उपमहासचिव ज्ञवाली प्रदीप ज्ञवालीलाई पठाउनुभएको छ ।

उहाँ बालकोटस्थित आफ्नै निवासमा आराम गरिरहेको उहाँको सचिवालयले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार