Logout

चर्चामा

काँग्रेस महाधिवेशन : बागलुङ सभापतिमा देउवा निकट शेरचन विजयी

602 Shares

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बागलुङ सभापतिमा जीत बहादुर शेरचन विजयी भएका छन । उनी ८७३ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी जगदिश चन्द्र उपाध्यायले ७६८ मत पाएका थिए ।

शनिबार भएको मतदानमा तीन जना उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएका कारण कम मत पाएका दोर्ण कुँवर निर्वाचनबाट बाहिरिएका थिए । निर्वाचित शेरचन संस्थापन पक्षका नेता हुन । उनी यस अघिको अधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका थिए ।

पराजित उपाध्याय नेता रामचन्द्र पौडेलले निकटका नेता हुन् । उपसभापतिमा सागर छन्तयाल र तारानाथ पौडेल विजयी भएका छन । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गरेका छन । सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित भएका छन । शर्माले ९०८ र अधिकारीले ७०७ मत पाएका छन् ।

यस्तै सहसचिवमा फम बहादुर खत्री र ज्ञान कुमारी शर्मा श्रीस विजयी भएका छन । सचिवमा विजयी गण्डकी थापा अधिकारी संस्थापन पक्षकी हुन भने सह–सचिवमा निर्वाचित फम बहादुर पनि संस्थापन पक्षका हुन् । अन्य बहुमत पदाधिकारी र सदस्यहरु पौडेल पक्षले जित हासिल गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार