Logout

चर्चामा

कांग्रेसबाट मुलुक रूपान्तरणको अपेक्षा गर्न सकिन्न: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

475 Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली कांग्रेसबाट मुलुकको रूपान्तरणको अपेक्षा गर्न नसकिने बताएका छन्। आफ्नै दल जनता समाजवादी पनि सरकार सञ्चालनको गठबन्धनमा रहे पनि नेपाली कांग्रेसबाट मुलुकको रूपान्तरणको अपेक्षा भने गर्न नसकिने उनले बताए।

आइतबार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले मुलुकको रूपान्तरणको लागि वैकल्पिक शक्तिको खाँचो रहेको औंल्याए। उनले मुलुकका लागि वैकल्पिक शक्तिको खाँचो रहेको र ढिलो-चाँडो त्यो दिन बताए। उनले नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सँग तत्काल एकता गर्न सम्भव नभए पनि निर्वाचनमा गठबन्धन गरेरै भए पनि अघि बढ्नुपर्ने बताए।

लुम्बिनी प्रदेशका कार्यकर्ता भेटघाटमा बुटवल पुगेका भट्टराईले देश गम्भीर संकटमा रहेकाले मुलुकमा राष्ट्रिय एकताको खाँचो औंल्याएका हुन्। दलहरूमा नेतृत्व चयनमा देखिएको गतिविधि तथा सर्वोच्च अदालतमा देखिएको हर्कतले मुलुक प्रतिगमनतिर गएको स्पष्ट भएको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार