Logout

चर्चामा

साइवर सेना अब साइवर सर्कल : पार्टी नेतृत्वका विरुद्ध भएका साइवर हमलाको तत्काल प्रतिवाद गरिने

985 Shares

काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले एकबर्ष देखि सञ्चालन गरेको साइबर सेनाको नाम परिवर्तन गरेर साइबर सर्कल राखेको छ ।

अध्यक्ष किरण पौडेलका अनुसार पार्टी अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध व्यापक घेराबन्दी भएको बेला युवा संघले साइवर सेना सञ्चालन गरेको थियो । ‘गत वर्षको मंसिरमा अध्यक्ष केपी शर्मा ओली विरुद्ध भएको घेरावन्दीको प्रतिवाद गर्न हाम्रा पूर्व अध्यक्ष महेश बस्नेतले नवलपुरबाट साइवर सेनाको घोषणा गर्नुभएको थियो’ पौडेलले भन्नुभयो ‘सेना भन्ने शब्दले त्यती राम्रो सन्देश नदिएकोले सर्कल बनाएका हौं ।’

पौडेलका अनुसार साइवर सर्कलले मुख्य तीनवटा काम गर्नेछ । पहिलो एमालेको नेतृत्वलाई भएका साइवर प्रहार र अन्य आरोपहरुको तथ्यगत रुपमा खण्डन,दोस्रो साइवर सचेतना र यसबाट भइरहेका अपराधको नियन्त्रणका लागि सरकारलाई सघाउने र तेस्रो पार्टी नेतृत्वको सरकारले विगतमा गरेका कामको व्यापक रुपमा प्रचार प्रसार गर्ने ।

साइवर सर्कल सञ्चालनका लागि केन्द्रमा एउटा यूनिट बनाइने छ । यो यूनिट प्रदेश जिल्ला,स्थानीय तह हुँदै वडासम्म विस्तार गरिने पौडेलले जानकारी दिनुभयो । साइवर सर्कलको पर्सी ८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार