Logout

चर्चामा

शसांकको निर्वाचन क्षेत्रमा भत्कियो कांग्रेसको गढ, बुलिङटारका ४३५ युवा नेता–कार्यकर्ता एमालेमा प्रवेश

538 Shares

कावासोती । नवलपरासीको बुलिङटार गाउँपालिका वडा नम्बर २ बाट नेपाली कांग्रेस परित्याग गरी ४ सय ३५ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । भोला लुङ्गेलीमगर, पारस थापा र गोपाचन्द्र ठाडाको नेतृत्वमा यूवाहरु एमाले प्रवेश गर्नुभएको हो ।

एमालेका जिल्ला अध्यक्ष एवम गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति रोनशबहादुर गाहामगरले उहाँहरुलाई टीका अबिर र खादा लगाएर एमाले स्वागत गर्नुभएको छ । देउराली, पेलेगा, रामकोट, भेलौरी, छरछरे, कोटा, बोझा, बरिमल भाङवारीलगायका ठाउँका काँग्रेस कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । सोही अवसरमा अर्खलाबाट ३२ जना , बुलिङटार –३ बाट १५ जना, कोटथरबाट २८ जना र भारतीपुरबाट एक जनासमेत प्रवेश भएका थिए । २०४८ सालदेखि नेपाली कांग्रेसको एकछत्र रहेको गाउँका युवाहरु एमाले प्रवेश गरेका हुन् ।

‘कांग्रेसको कुशासन’ सहन नसकेर एमालेमा प्रवेश गरेको भोला लुङ्गेली मगरले बताउनु भयो । एमालेमा प्रवेश गरेका युवा युवा गोपालचन्द्र ठाडाले भन्नुभयो, ‘विकास र सामाजिक न्यायका लागि एमाले रोजेका हौं ।’

कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रचार विभागका सदस्य एवम् युवा नेता विद्रोही गिरीले बुलिङटारमा एमालेको लहर बढेको भन्दै एमालेमा सबैको उचित जिम्मेवारी हुने बताउनु भयो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र काँग्रेस महामन्त्री डां शशांक कोइरालाको निर्वाचन क्षेत्रबाट विकास र न्यायको आशा मरेकाले एमाले प्रवेश गरेको गिरीले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार