Logout

चर्चामा

बाँस्कोटाको टिप्पणी: एमालेको खेतबारीमा नुन छर्न हिँडेकाहरूले खेलिरहेको खेल चेस हैन लुँडो हो

1.1k Shares

काठमाडौं ।  पूर्व मन्त्री एवम् नेकपा एमाले (ओली पक्ष)का नेता गोकुल बाँस्कोटाले खनाल–नेपाल पक्षले खेलिरहेको खेल चेस नभई लुँडो भएको टिप्पणी गरेका छन् बिहीवार ट्वीटरमा एक ट्वीट गर्दै उनले एमालेको खेतबारीमा नुन छर्न हिँडेकाहरूले खेलिरहेको खेल चेस नभई लुँडो भएको टिप्पणी गरेका हुन् ।

वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अहिले विभिन्न कार्यक्रमहरू गर्दै आएका छन् । त्यसैलाई लक्षित गर्दै बाँस्कोटाले उनीहरूले खेलिरहेको खेल चेस नभई लुँडो भएको बताएका हुन् ।

उनले गन्तव्य भुलेर चौबाटोमा ठिङ्ग उभिएको यात्री नबन्न समेत नेपाल–खनाल पक्षलाई आग्रह गरेका छन् । उनले भनेक छन्,‘एमालेको खेतबारीमा नुन छर्न हिँडेकाहरूले खेलिरहेको चेस हैन लुँडो हो । गन्तव्य भुलेर चौबाटोमा ठिङ्ग उभिएको यात्री नबन साथी हो ।’

Capture.JPG

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार