Logout

चर्चामा

दक्षिण एशियाका प्रमुख प्रतिपक्षी र सबै सत्तारुढ पार्टीलाई एमाले महाधिवेशनको निम्तो

589 Shares

काठमाडौं । नेकपा (एमाले) ले १० औं महाधिवेशनमा दक्षिण एशियाका सबै सत्तारुढ र प्रमुख विपक्षी पार्टीलाई आमन्त्रण गर्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले विश्वका सबै भाइचारा संगठनहरूलाई महाधिवेशनका लागि निम्तो पठाएको जानकारी दिए ।

‘विश्वका विभिन्न देशमा रहेका भाइचारा संगठनहरूलाई महाधिवेशनका लागि निमन्त्रणा पठाएको छ,’ उनले भने, ‘कतिपयबाट उपस्थित हुने सूचना पनि प्राप्त भएको छ ।’

उनले दक्षिण एशियाका सत्तारुढ र प्रमुख प्रतिपक्षी सबै दललाई बोलाउने पनि जानकारी दिए । उनका अनुसार छिमेकी देशसहित विभिन्न देशका ६२ वटा राजनीतिक दलहरूलाई निम्तो पठाएको छ ।

आफ्नो राष्ट्रिय महाधिवेशनमा शुभकामना प्रदान गराउनका लागि पार्टीहरुले विश्वभरका भाइचारा पार्टीहरूलाई बोलाउने गर्छन् । एमालेले पनि आफ्नो महाधिवेशनमा विदेशी प्रतिनिधि बोलाउने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार