काठमाडौं । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफूहरूका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको बताएका छन् ।
सिंहदरबारमा बुधबार संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले संविधान संसोधन, नागरिकतालगायत जसपाले उठाउदै आएका मुद्दाहरूलाई सवैधानिक र काननुनीबाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक देखिएको बताए ।
राजनीतिक दलहरूबीच सरकार गठनको कसरत चलिरहेका बेला जसपाका नेता कर्णले आफूहरूका मागमा प्रधानमन्त्री ओली सकारात्मक देखिएको बताए ।
प्रतिनिधिसभा पुर्नस्थापना लगत्तै सर्वोच्च अदालतको फैसलाबाट एकीकरण भएका वामघटकहरू नेकपा माओवादी केन्द्र र नेकपा एमालेमा फर्किएपछि दलहरूबीच सरकार गठनको कसरत तीब्र बनेको छ ।
उनले संबै दलहरूसंग छलफल चलिरहेकाले कार्यकारीणी समितिमा छलफल गरेपछि पार्टीले त्यसबारे अन्तिम निर्णय लिने जानकारी दिए ।