काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताउनुभएको छ ।तिहारको शुभकामना दिँदै राष्ट्रपतिले भन्नुभएको छ, “तिहार पर्वले दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउँदछ । ”
उहाँले नेपालीको महान् चाड तिहार, २०७८ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तिहारको अवसरमा देउसीभैलो खेल्ने संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पु(याउने बताउनुभएको छ ।
उहाँले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।