Logout

चर्चामा

रुपन्देहीका १२ पालिकामा एमाले नेतृत्व सर्वसम्मत, कुन पालिकामा को ?

716 Shares

बुटवल । रुपन्देहीका १६ स्थानीय तहमध्ये १२ वटामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका तथा शुद्धोधन, गैंडहवा, कन्चन, कोटहीमाई, ओमसतिया, रोहिणी, मर्चवारी, समरीमाई र मायादेवी गाउँपालिकाको प्रथम अधिवेशनबाट एमालेको नेतृत्व सर्वसम्मत भएको हो ।

बुटवल उपमहानगर कमिटीको अध्यक्षमा किसन ज्ञवाली सर्वसम्मत चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा शोभाखर पोखरेल चयन हुनुभएको छ । सैनामैना नगरपालिकाको प्रथम नगर अधिवेशनबाट टेकनारायण न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिनुभएको छ । नगर कमिटीको उपाध्यक्षमा टमबहादुर पुर्जा, सचिवमा बुद्धिराम चौधरी, उपसचिवद्वयमा सविता भुसाल भण्डारी र लेखनाथ खनाल चयन हुनुभएको छ । अधिवेशनले ७५ सदस्यीय कार्यसमिति चयन गरेको निर्वाचन समितिका सदस्य अमृत गिरीले जानकारी दिनुभयो ।

लुम्बिनी सांस्कृतिकको नगर अध्यक्षमा निसार अहमद सर्वसम्मत चुनिनु भएको छ । उपाध्यक्षमा जगदिश यादव, सचिवमा कल्पना हरिजन, उपसचिवमा हरिकेश लोंध र नगेन्द्र लोंध चयन हुनुभएको छ । अधिवेशनले ५५ सदस्यीय नगर कमिटी चयन गरेको छ ।

गैंडहवा गाउँ कमिटी अध्यक्षमा भुवन राना र कन्चन गाउँ कमिटी अध्यक्षमा दिनानाथ आचार्य सर्वसम्मत चुनिनु भएको छ । कोटहीमाई गाउँपालिका अध्यक्षमा राजकुमार गौण, ओमसतिया गाउँ कमिटी अध्यक्षमा इन्द्रकुमार गुरुङ र रोहिणी गाउँ कमिटी अध्यक्षमा सुनिलकुमार कौशल चयन हुनुभएको । यस्तै मर्चवारीमा केशरनाथ गिरी, समरीमाईमा इनुक मुसलमान र मायादेवी गाउँ कमिटीमा साधुशरण साहनी अध्यक्षमा निर्विरोध चयन भएको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार