Logout

चर्चामा

अहिलेको एमाले नेकपाकै विरासत हो : ओली

925 Shares

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले नेकपाको निरन्तरताको विरासत बोकेको पार्टी भएको बताएका छन् । गोदावरीस्थित सनराइज हलमा सुरू भएको प्रथम विधान महाधिवेशन सम्मेलनलाई सम्बोधन गर्दै ओलीले एमालेले नेकपाको निरन्तरताको सकारात्मक विरासत बोकेको बताएका हुन् ।

‘ नेकपाको एकता निष्कर्षमा पुग्न नसकेपछि हामी एमालेका रूपमा क्रियाशील छौं । तर, यो नेकपा एमाले राजनीतिकरूपमा एकीकरण र नेकपाको निरन्तरतासहितको सकरात्मक विरासत बोकेको पार्टी हो । यो एकीकृत महाधिवेशन हो’, ओलीले भने ।

उनले एमालेबाट बाहिरिनेहरू फुटपरस्त र संगठनात्मक अराजकता फैलाउनेहरू भएको बताए । ‘केही व्यक्तिहरू बाहिरिएका छन् । संगठनात्मक अराजकता र फुटलाई उनीहरूले प्रश्रय दिएका छन् । एमालेविरुद्ध संगठित प्रहार सुरू भएको छ’, ओलीले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार