Logout

चर्चामा

प्रधानमन्त्रीले बैठक बोलाएपछि मन्त्रालय बाँडफाँटको छलफल हुन्छ, बोलाउनुभएको छैन: उपेन्द्र यादव

492 Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष उपेन्द्र यादवले गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँटको टुंगो लाग्नासाथ सरकारले पूर्णता पाउने बताएका छन्।

जसपा अध्यक्ष यादवले अब बस्न गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डाबारे छलफल हुने बताए।

उनले दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै सरकार बिस्तारको बाटो खुलेको बताए। ‘अहिलेसम्म प्रधानमन्त्रीले गठबन्धनको बैठक बोलाउनुभएको छैन।

अब बस्ने बैठकमा मन्त्रालय बाँडफाँटले प्रवेश पाउँछ,' उनले भने,'मन्त्रालय बाँडफाँटको टुंगो लगाएपछि हाम्रो पार्टीबाट जाने मन्त्रीको पनि टुंगो लाग्छ।

अहिलेसम्म पार्टीले कुनै निर्णय गरेको छैन।' राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा सरकार विस्तार गर्ने तयारीमा छन्।

बुधबार उनलाई भेट्न गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन्।

गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाको मन्त्रीमण्डलमा अहिलेसम्म ५ जना मन्त्री र एक राज्यमन्त्री छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार