Logout

चर्चामा

महरा भन्छन् : पार्टी भित्रका गुट उपगुटले प्रचण्ड आजित हुनुहुन्छ

434 Shares

दाङ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका स्थायी समिति सदस्य एवम् प्रवक्ता कृष्णबहादुर महराले पार्टीभित्र गुटबन्दी गर्नेहरू ध्वस्त हुने चेतावनी दिएका छन्।

शनिबार पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको प्रथम सम्मेलनको उद्घाटन समारोहमा महराले पार्टी अध्यक्ष अहिले गुट तथा उपगुटहरुबाट आजित भएको बताए। ‘अध्यक्ष प्रचण्ड पार्टी भित्रका गुट उपगुट तथा क्षेत्रीय मनोविज्ञानबाट पार्टी चलाउन खोज्नेहरुबाट आजित हुनुहुन्छ,’ उनले भने, ‘मलाई पनि धेरैले गुट निर्माण गर्न सक्नुभएन भनेर भन्ने गर्छन्, म पार्टी निर्माणमा लाग्न चाहन्छु।

गुट र उपगुटको म सँधै विरोधी हुँ ।’ समाजवादमा पुग्नका लागि पार्टी संगठन क्रान्तिकारी र चुस्त बन्नुपर्ने महराको भनाई छ । ‘अहिले अध्यक्ष प्रचण्डले पार्टी भित्रका विकृतिहरूका विषयमा गम्भिर ढंगले कुरा उठाइरहनुभएको छ,’ उनले भने, ‘साँच्चै समाजवादमा पुग्ने हो भने हामीले क्रान्तिकारी पार्टी निर्माण गर्न जरुरी छ ।’

२०६४ सालको जस्तै रापतापको पार्टी बनाउन सबै युवा तथा विद्यार्थीहरू लाग्नुपर्ने महराले बताए। माओवादी पृष्ठभूमिका पार्टी र अन्य कम्युनिष्ट पार्टीहरूबीचको वृहत एकता गर्ने अभियानमा आफूहरू लागिपरेको महराले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार