Logout

चर्चामा

बुधबार १४ सय कोभिड संक्रमित थपिए, ६ जनाको मृत्यु

687 Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १४७८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले सो जानकारी दिएका हुन् । बुधबार १३ हजार ९३० नमुना पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

१६३० जना निको भएका छन् । ६ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । दैनिक संक्रमण दर ११.३ प्रतिशत छ । २१ हजार १३९ जना सक्रिय संक्रमित रहेका छन् ।

१९ हजार ८०५ जना होम आइसोलेसनमा छन् । अहिलेसम्म मुलुकमा कूल संक्रमित संख्या ८ लाख ७७ हजार, निको हुने संख्या ७ लाख ३० हजार र कूल मृत्यु ११ हजार ६९ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार