नुवाकोट। नुवाकोट जिल्लाको कान्छो तथा ग्रामीण नगरपालिका वेलकोटगढि नगरपालिकाले गएको ४ बर्ष पुर्वाधार बिकासमा महत्वपुर्ण फड्को मार्न सफल रहेको नगरपालिकाका मेयर राजेन्द्र रमण खनालले बताए ।
वेलकोटगढि नगरपालिका वडा नं. ६ को वडा कार्यालय भवन दुईपिपल देउरालीमा उद्घाटन गर्दै मेयर खनालले नगरपालिकाको रणनीतिक महत्वका ५ वटा सडकहरु मध्ये लोक सँचार मार्ग अन्तर्गत काशिटार बाघखोर खण्ड कालोपत्रे अन्तिम चरणमा पुगेको र बाघखोर धार्के खण्ड सडक कालोपत्रेको काम यसै आर्थिक बर्षमा सम्पन्न गर्ने बताएका छन् ।
धमले - बाघखोर सडक अन्तर्गत धमले - निरञ्जना खण्ड कालोपत्रे सम्पन्न भईसकेको र निरञ्जना बाघखोर खण्ड धमाधम काम भईरहेको र आउने मंसिर सम्म कालोपत्रे सम्पन्न भईसक्ने मेयर खनालले बताए । नगरपालिकाको पुराना सडकहरु मध्येको एक ३४ किलो - झ्याङ्लि पोखरि - बाघखोर सडक कालोपत्रेका निमित्त ७१ करोड रुपैयाँ बराबरको बहुबर्षिय ठेक्का आह्वान भईसकेको हुदा अबको केहि बर्षमा सो बाटो पनि कालोपत्रे भईसक्ने मेयर खनालले बताए ।
नगरपालिकाको रणनीतिक महत्वको सडक मध्ये एक बाराहि - शक्ति मावि - बाशुकि हुदै बस्नेत गाउँ जोड्ने बाटो कालोपत्रे गर्न करिब ४२ करोड बराबरको ठेक्का सम्झौता भईसकेकोले यो बाटो पनि यहि आर्थिक बर्ष भित्र कालोपत्रे भईसक्ने र सो बाटोको कारण पालिकाको पुर्वी भागका जनतालाई सहज हुने बताए ।
पालिकाको उत्तरी भेगका जनताले उपभोग गर्दै आएको कोल्पुटार बाघखोर खण्ड सडक कालोपत्रेको लागि नगरपालिकाले गत आर्थिक वर्षमा सम्माननिय पुर्वप्रधान मन्त्री केपि शर्मा वलि समक्ष पहल गरेको तथ्य समेत स्मरण गराउदै मेयर खनालले तत्कालका लागि ग्राईवेल गरि यातायात सहज बनाउन सकेकोमा खुशि व्यक्त गर्नु भयो।
अन्य पुर्वाधार बिकासको क्रममा खानेपानी पुल सिँचाइ कुलो लाई व्यवस्थित गर्दै अगाडि बढाईएको मेयर खनालले जानकारी दिनुभयो। वडा नं. ५ को राताटार खानेपानी निर्माण पश्चात् सँचालनमा आईसकेको, वेलकोटगढि १० मा निरञ्जना खानेपानी र वेलकोटगढि १० खानेपानी गरि दुई ठुला आयोजना समेत सम्पन्न भईसकेको तथा यसै आर्थिक बर्षमा मात्रै वेलकोटगढि नगरपालिका अन्तर्गत नगरपालिकाको पहलमा वडा नं. २ फाटापौवा खानेपानी योजनाको लागि ३३ लाख प्रदेश सरकारको आर्थिक अनुदान प्राप्त भएको जानकारी समेत गराए ।
यसै आर्थिक बर्षमा सम्पन्न गर्ने गरि वडा नं. १० वरदेवि खानेपानी आयोजना ४२ लाख, वडा नं. ६ खानेपानी ४२ लाख, वडा नं. ११ खानेपानी ४२ लाख, वडा नं. १३ खानेपानी ४२ लाख गरि पाच ठुला खानेपानी योजना नगरपालिकाको पहलमा संघिय सरकारबाट बजेट प्राप्त भएको समेत मेयर खनालले बताए ।
नगरपालिकाले आफ्नै लगानीमा अधिकाँश वडा कार्यालय भवन निर्माण सम्पन्न गरिसकिएको र बाकि केहि वडा कार्यालय भवन निर्माणको काम समेत यसै आर्थिक बर्ष भित्र सम्पन्न गर्ने गरि तयारी गरिएको मेयर खनालले बताएका छन् । वडा नं. ६ का वडाध्यक्ष अम्बिका तमाङ्गको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक प्रसाद खतिवडा, वडा नं. ५ का वडाध्यक्ष अनन्त नेपाल, वडा नं: ८ का वडाध्यक्ष भोज प्रसाद पुडासैनी वडा नं. ९ का वडाध्यक्ष बाबुराम गजुरेल, वडा सदस्य पवित्रा घिमिरे, स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायतलेेे मन्तव्य राख्नुभएको थियो।
यसै बिच वडा कार्यालय निर्माणका लागि जग्गा दान गर्नुहुने स्थानीय समाजसेवी धनकुमारी बास्कोटा सहित ५ जना स्थानीय बासीलाई समेत सम्मान गरिएको वडा सदस्य रामहरि घिमिरेले जानकारी दिए । कार्यक्रममा स्थानीय बासिले बाजा गाजा सहित मेयर राजेन्द्र रमण खनाल सहितको अतिथि टोलीलाई स्वागत सम्मान गरेका थिए। स्थानीय सरकारको पहलकदमिमा बिकास आयोजना एकपछि अर्को गर्दै सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै स्थानीय युवा अमृत नेपालले अब नगरपालिकाले खेलकुद बिकासमा पनि अग्रसर हुनुपर्ने बताएका छन् ।