Logout

चर्चामा

एमाले स्थायी कमिटी बैठक बस्दै, विधान महाधिवेशनका प्रतिनिधि तोक्ने

593 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्दै छ । पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा विहान ९ बजे बैठक बस्न लागेको हो। एमालेको विधान महाधिवेशनका प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको हो ।

हिजो बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको थियो। विधान महाधिवेशनका प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे बैठकमा छलफल हुने छ । त्यसका अलवा पार्टी विभाजन र संसदमा एमालले खेल्नुपर्ने भूमिकाबारे पनि छलफल हुने तामाङले जानकारी दिए। एमालेले असोज ४, ५ र ६ गते काठमाडौंमा विधान महाधिवेशन गर्दै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार