Logout

चर्चामा

देउवाको गृहजिल्लामा तोकियो अधिवेशनको मिति

671 Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा वडा अधिवेशनको मिति तय भएको छ । ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसक्दा पनि पार्टी सभापति कै गृह जिल्ला डडेलधुरामा भने अधिवेशन सुरु हुन सकेको थिएन ।

केन्द्रीय निर्वाचन समितिले जिल्लाको क्रियाशील सदस्यहरुको सूची पठाएसँगै जिल्ला सभापतिलगातको बैठकले आगामी भदौ २५ गते वडा अधिवेशन गर्ने निर्णय गरेको हो । निर्वाचन समितिका संयोजक महादेव यादवले भदौ २१ गते डडेलधुराको क्रियाशील सदस्यहरुको सूची जिल्ला पठाइएको  जानकारी दिए ।

यसपटक सूची भने सार्वजनिक गरिएन । क्रियाशील सदस्यसम्बन्धी विवादका कारण अझै पनि डडेलुधरासहित काँग्रेसका २१ जिल्लामा वडा अधिवेशन हुन बाँकी रहेको छ ।

बाँकी २० जिल्लाको पनि विवाद पनि चाँडै हल हुने यादवले आशा व्यक्त गरे । कृष्ण प्रसाद सिटौला नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सूची दिने बित्तिकै बाँकी जिल्लाहरुमा पनि अधिवेशन सम्पन्न गरिने उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार