काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सोमबार दिउँसो २ बजे बस्ने भएको छ।
सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिदिएपछि पहलोपटक सभापमुख अग्नि सापकोटाले परामर्श सतितिको बैठक बोलाइका हुन्।
प्रतिनिसभा नियमावलीअनुसार प्रत्येक बैठक बस्नुअघि कार्यसूचिबारे टुंगो लगाउन कार्यव्यवस्था परार्मश समितिको बैठक बस्नुपर्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख सपाकोटाको व्यक्तिगत टकरावका कारण बैठक बस्न सकेको थिए।
ओलीले साविक नेकपाको संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेपछि सभामुखले त्यसलाई मान्यता नदिन कार्यव्यवस्थाको बैठक नै नडाकेको आरोप लाग्दै लागेको थियो।
तर फागुन २३ गते सर्वोच्चले नेकपा एकता बदर गरेर एमाले र माओवादी केन्द्र पुनःस्थापित गरेपछि बैठक बस्न लागेको हो। यसअघि फागुन २३ र २६ गते बैठक बसे पनि कार्यसूची अनुसार अघि बढ्न सकेको थिएन। प्रतिनिसभाको अर्को बैठक मंगलबारका लागि बोलाइएको छ।
कार्यव्यवस्था समितिको बैठकमा नियम निलम्बनबारे छलफल हुने एक सांसदले जानकारी दिए। संविधान र प्रतिनिसभा नियमावली ९३ अनुसार जारी भएका अध्यादेश पहिलो बैठकमै पेश हुनुपर्ने भए पनि विपक्षी कांग्रेसको अवरोधका कारण पेश हुन सकेको छैन।