Logout

चर्चामा

अष्टलक्ष्मीको सरकार टिकाउन सबैखाले पहल गर्ने एमाले संसदीय दलको निर्णय

1.3k Shares

काठमाडौं । वागमती प्रदेशमा एमालेको संसदीय दल बैठकले अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारलाई टिकाउनका लागि सबै पहल र प्रयास अघि बढाउने निर्णय गरेको छ । बैठकमा बोल्दै शाक्यले सरकार टिकाउन लागिपर्ने र केही दिनमा सुखद समाचार दिने दावी गरिन् । मुख्यमन्त्री तथा संसदीय दलका नेता शाक्यले आफू जीवनमा कहिल्यै पनि पार्टी फुटाउने पक्षमा नलागेको र अब पनि नलाग्ने बताएकी थिइन् ।

पार्टीलाई एकतावद्ध बनाउने क्रममा नै आफू यो जिम्मेवारीमा आएको उनको भनाइ छ । ‘संवैधानिक प्रक्रियाअनुसार सरकार टिकाउन अनवरतरुपमा लाग्नेछौं,’ शाक्यको भनाइ उदृत गर्दै एमालेका प्रमुख सचेतक दिपक निरौलाले भने, ‘केही साथीहरु बुझाइमा कमी-कमजोरीका कारण अन्यत्र लाग्नुभएको छ, उहाँहरुसँग छलफल र संवाद अघि बढाउनेछौं ।’

प्रदेशमा संविधानको धारा १६८(१) अनुसार बनेको सरकार नरहने भएपछि १६८(२) र (३) अनुसारको प्रक्रिया अगाडि बढाउने उनले बताएकी थिइन् । पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पनि आफूहरुका लागि पदभन्दा पार्टी एकता ठूलो रहेको बताए ।

हिजो बसेको दल बैठकले सरकारको निरन्तरताका लागि सबै दलहरुसँग छलफल गरेर संवैधानिक अधिकारहरु प्रयोग गर्दै अगाडि बढ्न सबै ढोका खुल्ला राख्ने निर्णय गरेको सचेतक निरौलाले पत्रकारलाई जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार