Logout

चर्चामा

सभामुखलाई ओलीको प्रश्न : संसद चलाउनु छ कि छैन ?

2k Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले त्यही पदमा रहिरहने कि पार्टीको कार्यकर्ता हुने भन्ने रोज्नुपर्ने बताएका छन् । एमालेले १४ सांसदलाई पदमुक्त गर्न पत्र लेखेको तीन दिन हुँदा पनि केही नगरेको भन्दै आक्रोस पोखे ।

अझै कागजपत्र हेर्छु भनेको भन्दै उनले नेपाल न्यूज एजेन्सीसँग भनेका छन्, ‘सभामुख न्यायाधीश होइन, सूचना टाँसिदिने हो ।’ माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम नगर्न चेतावनी दिए । एमाले अध्यक्ष ओलीले भनेका छन्, ‘संसद चलाउनु छ कि छैन ? सभामुख हुनु छ कि छैन ?’ गैरकानूनी ढंगले संसद चल्न नसक्ने भन्दै उनले सभामुख रहने कि पार्टी कार्यकर्ताको भूमिकामा फर्किने रोज्न आग्रह गरे । उनले भने, ‘एउटा पार्टीको कार्यकर्ता भएर सभामुख हुन सकिँदैन । सभामुख भएपछि निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ, होइन भने सभामुख छोडिदिए हुन्छ ।’

यो नि पढ्नुहोस् 

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजित नभएको, एउटा चोइटो उछिट्टिएको टिप्पणी गरेका छन्। एमाले विभाजित भएको भोलिपल्ट प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने, ‘टुक्रिनु र विभाजित हुनु फरक कुरा हो। एमालेबाट अलिकति चोइटो उछिट्टिएको हो।’ ओलीले वरिष्ठ नेता माधव नेपालले नेकपा एमाले (समाजवादी) दर्ता गर्नु उनकै विवेकको कुरा भएको समेत बताए। उनले एकै ठाउँ आउन नसक्ने चुम्बकका दुई ध्रुव ल्याइएको भन्दै बाह्य शक्तिले एमाले फुटाएको उल्लेख गरे। ओलीले भने, ‘एउटा चुम्बकका दुई पोल एक ठाउँ आउँदैनन्।

यहाँ त्यस्तो पोलहरु एकै ठाउँ ल्याइएको छ। बढी बलवान शक्ति भए त्यहाँ ल्याउँछ। बलका अघि कुनै बन्धनको केही लाग्दैन। नेपाललाई छुटाउने गरीको तागत लागेपछि उनको केही नलागेर फुटाएका हुन्।’ आफूले एकताबद्ध राख्न अनेक कोशिस गर्दा पनि पार्टी फुटेको उनको दाबी थियो।

उनले आफूले ५१ वर्षअघिबाट पार्टी एकता गर्न सुरु गरेर नेकपासम्म बनाएको जिकिर गरे। ‘मैले नेपाललाई भेट्छु भनेर आफैं कुरा गरें। उनले भट्दिनँ भने। गत दुई वर्षमा उनले एउटा फोन गरेका छैनन्। प्रधानमन्त्रीकोमा आउँदिन भन्दा उनले भनेको ठाउँमा पुगेको छु,’ उनले थपे। ओलीले अहिले मात्रै नभएर सुरुदेखि नै पार्टी एक बनाउन लागिरहेको दाबी गरे।

उनको भनाइ थियो, ‘पार्टी एकताबद्ध राख्ने कोशिसै गरेन भन्ने कुरा सही होइन, ५१ वर्षअघि जति कम्युनिष्ट पार्टी स-साना टुक्रामा थियो। पार्टी जस्तो एउटा पनि पार्टी थिएन। त्यही बेला एकताको आन्दोलन सुरु गरेको थिएँ।’ उनले एमालेमा अन्तरकलह नभइ नेपालको निहुँ खोजाइमात्रै भएको दाबी गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार