Logout

चर्चामा

माधव नेपालको साथ छाडेका घनश्याम भुसालले ओलीलाई भेट्दै

1.1k Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपमहासचिव घनश्याम भुसालबीच भेटवार्ता हुँदैछ ।

वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएलगत्तै भुसालले अध्यक्ष ओलीलाई भेट्न लागेका हुन् ।

भुसालसहित स्थायी कमिटीका अधिकांश नेताहरु माधव नेपालको नयाँ दल एमाले समाजवादीमा गएका छैनन् । आफूहरु अहिले पनि पार्टी एकताकै पक्षमा रहेको नेताहरुले बताएका छन् ।

 यो नि पढनुस 

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपालले पार्टी विभाजन गर्ने प्रक्रिया अगाडि बढाएर राजनीतिक नेतृत्व गुमाएको टिप्पणी गरेका छन् । माधवकुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएपछि खबरवाणीसँग कुरा गर्दै भट्टराईले नेता नेपाललाई उनकै समूहका नेताहरुले साथ नदिएको बताए ।

‘ठूलो पंक्तिले माधव नेपाललाई छाडेका छन् । यसले के प्रमाणित गर्छ भने उनीसँग त्यस्तो ठोस राजनीतिक एजेण्डा छैन’ नेता भट्टराईले भने । राजनीतिक दलको नेतृत्व बन्नका लागि ठोस राजनीतिक एजेण्डा हुनुपर्ने भन्दै उनले माधव नेपाल प्राविधिक र प्रशासनिक क्षेत्रको नेता जस्तो बनेको टिप्पणी गरे ।

राजनीतिक एजेण्डा बोक्न नसकेकै कारण उनले आफू स्थापित हुनका लागि पार्टी विभाजनको प्रक्रिया अगाडि बढाएको नेता भट्टराईले आरोप लगाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार