Logout

चर्चामा

अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली काठमाडौं आइपुगे

830 Shares

काठमाडौं । अफगानिस्तानबाट कुबेत हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कुबेत पुर्याएको थियो ।

नेपालीलाई ल्याउन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । उनीहरुलाई सामाखुसीस्थित एक आइसोलेसन सेन्टरमा राखिने छ । त्यसपछि प्रक्रिया पुर्याएर घर पठाइने सुरक्षा स्रोतले बतायो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार