Logout

चर्चामा

अफगानिस्तानका नेपाली फर्काउन पहल नगरेको भन्दै एमालेद्वारा सरकारको आलोचना राजन भट्टराईको प्रश्न–परमादेशबाट आएको सरकारलाई गैरजिम्मेदार बन्ने छुट हो ?

962 Shares

काठमाडाैं । नेकपा एमालेले अफगानिस्तानमा रहेका नेपाली नागरिक स्वदेश फर्काउन सरकारले पहल नगरेको भन्दै आलोचना गरेको छ । एमाले विदेश विभागका प्रमुख डा. राजन भट्टराईले संसदबाट विपक्षीका तपर्ःबाट विषय उठाएके धेरै दिन भइसक्दा पनि सरकार अनुत्तरदायी बनेको आरोप लगाएका छन् ।

भट्टराईले आफ्नो वक्तव्यमा भनेका छन्, ‘अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन कुनै पहल गरिराखेको छैन। लोकतन्त्रमा सरकार यति गैरजिम्मेदार र अनुत्तरदायी हुन मिल्छ ? कि परमादेशबाट आएकालाई मिल्छ ?भट्टराईले अन्य मुलुकहरुले आफ्ना नागरिक फर्काउन थालिसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यसअघि एमालेको तर्फबाट संसदमा खगराज अधिकारीले यो विषय उठाएका थिए । अफगानिस्तानको राजधानी काबुलबाहेकका शहर तालिवान विद्रोहीको नियन्त्रणमा गइसकेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार