Logout

चर्चामा

यस्तो छ आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति (पूर्णपाठ)

1.3k Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिरहेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ मौद्रिक नीति सार्वजनिक गरेको छ । नीतिमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको होटल, पर्यटन तथा हवाई क्षेत्रलाई विशेष चासोका साथ सम्बोधन गरिएको छ । कोरोनाका कारण नगद प्रवाहमा समस्या भएका क्षेत्रलाई समेत मौद्रिक नीतिले विशेष चासो दिएको छ ।

यस्तै, कोरोनाले समस्यामा पारेको सार्वजनिक यातायातको मर्मतसम्भारका लागि थप रु दुई लाखसम्मको ऋण दिने व्यवस्था गरिएको छ । कोरोना महामारीका कारण प्रभावित बनेको समग्र अर्थतन्त्रलाई केन्द्रमा राखेको राहत प्रदान गर्ने गरी मौद्रिक नीति ल्याइएको गभर्नर अधिकारीले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार