Logout

चर्चामा

रामेछापमा विद्यार्थी बोकेको बस दुर्घटना, दुई जनाको अवस्था गम्भीर

881 Shares

रामेछापको मन्थली नगरपालिका-१ को मच्छेडाँडीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे छ । 

मन्थली नगरपालिका-४ सालुबाट सेतीदेवी माध्यमिक विद्यालयका विद्यार्थी बोकेर मन्थलीका लागि छुटेको बा ५ ख २८५७ नम्बरकाे बस मच्छेडाँडीमा दुर्घटना भएको हो ।

उनीहरुलाई उपचारका लागि मन्थलीमा रहेको तामाकोशी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

तीव्र गतिमा गुडिरहेको बस ट्र्याक्टरलाई साइड दिने क्रममा सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो । बसमा ५५ जना विद्यार्थी रहेका  श्रेष्ठले बताउनु भएकाे छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार