Logout

चर्चामा

राजनीतिक स्थायित्वका लागि निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्छ : अध्यक्ष थापा

1.2k Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले मुलुकमा राजनीतिक स्थायित्व ल्याउन र जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन सङ्घीय सरकारले छिट्टै नयाँ निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्र्ने आवश्यकता औंल्याएका छन्।

शनिबार राप्रपा हेटौँडा उपमहानगरपालिकाको प्रथम नगर परिषद् भेलामा उनले मुलुकमा अहिले नयाँ सोच र चिन्तनका साथ राजनीतिक स्थायित्वका लागि सरकारले छिट्टै नयाँ निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्ने बताए।

अध्यक्ष थापाले मुलुकमा सुशासन स्थापना र आर्थिक समृद्धि ल्याउनका लागि नेपाली जनताले नेकपालाई दुई तिहाइको बहुमत दिएको उल्लेख गर्दै सो पार्टीका आन्तरिक झगडाले उग्र रुप लिँदा अहिले संसदीय प्रजातन्त्रमाथि नै सङ्कट आइपरेको आरोप लगाए।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि मुलुकमा आर्थिक समृद्धि ल्याउनेतर्फ केन्द्रित हुनुका सट्टा सरकार परिवर्तन गर्ने भूमिकामा तल्लिन हुँदा देशमा अराजकता र हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले सनातन हिन्दूधर्मको संरक्षणका लागि राप्रपा अग्रसर रहेको बताए। राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारीले प्रजातन्त्रको मूल्य-मान्यतालाई राजनीतिक दलले आत्मसात गर्न नसक्दा अहिले मुलुक सङ्कटको धरापमा फसेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार