1.1k
Shares
काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा स्थायी कमिटीको बैठक बसेको हो । शनिबारलाई बोलाएको बैठक एकताका लागि सहमति जुटाउन भन्दै आइतबारसम्मलाई स्थगित गरिएको थियो ।
तर, सहमति नजुटेपछि माधव नेपाल पक्षका नेताहरु आइतवारको बैठकमा सहभागी भएका छैनन् । उपाध्यक्ष वामदेव गौतम भने आइतबारको बैठकमा सहभागी छन् । आइतबारको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण छलफलका एजेण्डा तय गरिएपनि त्यसबाहेक माधव समूहका नेतामाथिको कारवाहीबारे समेत छलफल हुने ओली पक्षका नेताहरुको भनाइ छ ।
यसअघि ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने भनेपनि बीचैमा रोकिएको थियो ।