काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा टिकाउने खेल नै नेपालको राजनितिमा ठुलो विकृति भएको टिप्पणी गर्नुभएको छ । नेता पौडेलले ओलीलाई सत्ताबाट हटाएर यो विकृतिको अन्त्य गर्न जरुर रहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन बागलुङले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पौडेलले प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउन तत्काल माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकार बनाउन पहल थालिएको समेत बताउनुभएको छ ।
उहाँले प्रधानमन्त्री ओलीको बर्हिगमन अपरिहार्य भएको जिकिर गर्नुभयो । नेता पौडेलले कांग्रेसले जनमत अनुसार सत्ता आंकाक्षा नराखे पनि परिस्थितिबस आएको जिम्मेवारीबाट पार्टी नभाग्ने दावी गर्नुभयो । नेता पौडेलले संविधान संशोधन पहिले कांग्रेस अघि बढाए पनि ओलीकै कारण रोकिएको उल्लेख गर्दै रेशम चौधरीको रिहाइका लागि पनि कांग्रेस तयार रहेको उल्लेख गर्नुभयो ।