Logout

चर्चामा

लण्डनमा लकडाउनविरुद्ध प्रदर्शन गर्नेहरू पक्राउ

817 Shares

बेलायतको लण्डनमा लकडाउनका विरुद्धमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीका बीचमा केहीबेर झडपसमेत भएको थियो ।

झडपमा परी चार प्रहरी घाइते भएका छन् । प्रदर्शनबाट प्रहरीले कम्तीमा ६ जनालाई पक्राउ गरेको अधिकारीहरूले जनाएका छन् । सामान्यतयाः प्रदर्शन शान्तिपूर्ण नै भए पनि एक जना प्रदर्शनकारीले प्रहरीलाई बोतल प्रहार गरेपछि प्रहरीले प्रक्रियास्वरूप आक्रमणकारीलाई नियन्त्रणमा लिन खोजेपछि झडप भएको प्रहरीको भनाइ छ ।

बेलायतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या बढ्दै गएकाले सरकारले लकडाउनलाई पनि निरन्तरता दिँदै आएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या ३१ हजार ७९५ रहेको छ ।-

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार