1.3k
Shares
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । आज शितलनिवासमा देउवाले भण्डारीसँग झण्डै एक घन्टा भेटवार्ता गरेका हुन् । देउवा शितलनिवासमा सवा ६ बसे प्रवेश गरेर ७ बजेर १० मिनेटमा फर्किएका थिए ।
भण्डारी र देउवाबीच पछिल्लो राजनीतिक परिस्थितिबारे कुराकानी भएको बुझिएको छ । देउवाले प्रधानमन्त्रीमा सपथ लिएपछि भण्डारीसँग पहिलोपटक भेटवार्ता गरेका हुन् । यसअघि सपथ ग्रहणमा राष्ट्रपति र प्रधानमन्त्रीबीच केही तनाव भएको थियो ।