Logout

चर्चामा

राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

525 Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । मन्त्रिपरिषद्को हिजोको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

संवैधानिक परिषद् अध्यादेश दुई पटक जारी भएको थियो। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिरमा त्यस सम्बन्धी अध्यादेश ल्याएर विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेपछि विवाद बढेको थियो ।

पुनःस्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठकमा उक्त अध्यादेश पेस गर्न खोज्दा नेपाली कांग्रेस, नेकपाको प्रचण्ड-माधव पक्षले त्यसको विरोध गर्दै सदन अवरुद्ध र बहिष्कार गरेको थियो । अध्यादेशविरुद्ध सभामुख अग्निप्रसाद सापकोटा आफै उपस्थित भएर अदालतमा रिट दायर गरेका थिए । तर, अध्यादेश र त्यसपछि विभिन्न संवैधानिक निकायमा गरेका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ ।

2_अध्यादेश-खारेज_2078_विज्ञप्ति-Final.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार