Logout

चर्चामा

देउवा प्रधानमन्त्री भएको चौथो दिनमा चिनियाँ राजदूतको बधाई

777 Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई उत्तरी छिमेकी चीनले राजदूतमार्फत बधाई दिएको छ । राजदूत होउ यान्छीले शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर बधाई तथा शुभकामना व्यक्त गरिन् ।

भेटमा राजदूत यान्छीले देउवाको कार्यकालमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने लगायतका द्धिपक्षीय हितका विविध चासोमा छलफल समेत भएको थियो ।

साथै, राजदूत यान्छीले कोभिड–१९ महामारी र विकासका क्षेत्रमा नेपाललाई सघाउन चीन तयार रहेको समेत प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि भारत र अमेरिकाले पनि राजदूत तहमा देउवालाई बधाई दिएका छन् । तर, प्रधानमन्त्री नियुक्त भएको चार दिन बितिसक्दा पनि अन्तर्राष्ट्रिय समकक्षीबाट बधाई भने आएको छैन ।

deuba-china-home.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार