Logout

चर्चामा

माओवादी बैठक- जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पाैडेल र पम्फा भुषालमध्येबाट पहिलो चरणमा मन्त्री

1.3k Shares

काठमाडौं । शेरवहादुर देउवाको नेतृत्वमा आज बन्ने सानो आकारको क्याबिनेटमा मन्त्री पठाउनका लागि माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षासमेत भइरहेको छ । स्रोतका अनुसार आज माओवादी केन्द्रबाट दुई जना मन्त्रीले सपथ लिने सम्भावना छ ।

माओवादीबाट पहिलो चरणमा मन्त्री बन्नका लागि जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पाैडेल, पम्फा भुसाललगायतका नेताको नाम अग्रपंक्तिमा छ । पाैडेल अहिलेसम्म मन्त्री बन्न नपाएका माओवादीका सिनियर नेता हुन् ।

केपी ओली सरकारमा सहभागी नभएकामध्येबाट आज मन्त्री बनाउनेबारे पार्टीमा छलफल भएको एक नेताले बताए । यी तीनैजना नेता ओली सरकारमा मन्त्री बनेका थिएनन् । बैठकमा सामान्य छलफल भए पनि कसलाई सपथग्रहणमा पठाउने भन्ने निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिने सम्भावना रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार