काठमाडौं । पछिल्लो राजनीतिक परिस्थितिमा सत्ता साझेदारीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सक्रियता बढाएका छ।
प्रधानमन्त्री ओलीसँग सत्ता साझेदारीका लागि संसदको चौथो दल जनता समाजवादी पार्टी सक्रिय रहेको बेला देउवाले पनि सक्रियता बढाएका हुन्।
देउवाले शुक्रबार २ बजे पार्टीका शीर्ष नेताहरुलाई छलफलका लागि आफ्नो निवास बोलाएका छन्। कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारी र शीर्ष नेताहरुलाई देउवाले छलफलमा बोलाएका हुन्। सत्ता साझेदारीका विषयमा छलफल गर्ने देउवाले नेताहरुलाई बोलाएको स्रोतले जानकारी दिएको छ।
पार्टीमा छलफलपछि देउवाले आफ्नै निवासमा जनता समाजवादी पार्टी(जसपा)का नेताहरुसँग छलफल गर्नेछन्। देउवाले जसपाका नेताहरुलाई ४ बजे आफ्नो निवास बुढानिलकण्ठमा बोलाएका छन्।
सत्ता साझेदारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरिरहेको छ। जसपाको संसदीय दलको बैठक शुक्रबार १ बजे बस्दैछ। आजै जसपाले एमालेले बनाएको कार्यदलसँग छलफल गर्ने कार्यक्रम राखेको छ।