काठमाडौं । नेकपा एमालेमा एकता कायम गर्न बनेको कार्यदलको बैठक सकिएको छ । बैठकबाट निस्किँदै नेताहरूले ठोस प्रगति नभएको संकेत गरेका छन् । स्थायी समिति सदस्य रघुजी पन्तले भने, ‘हिजो बैठकमात्र बसिएको थियो, आज बुँदागत छलफल भयो । छलफल जारी रहन्छ ।
टुंगिन पनि सक्छ नटुंगिन पनि सक्छ ।’ उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त वक्तव्य जारी गर्ने विषयमा कुनै छलफल नभएको जानकारी दिए । अर्का नेता गोकर्ण विष्टले पनि छलफल जारी रहने बताएर बाहिरिए ।
यो नि पढनुस
नेकपा एमालेको एकता कायम गर्नकालागि सिंहदरबारमा बसेको कार्यदल बैठक सकिएयो छ । बैठक सौहार्दपूर्ण र सकारात्मक रहेको नेताहरुले बताएका छन् । बैठकबाट निस्केर एमाले उपाध्यक्ष भीम रावलले पार्टीभित्रका आन्तरिक समस्यामाथि गम्भीर विश्लेषण भएको बताए ।
उनले भने, ‘आज कुनै निश्चित विषयवस्तुमा प्रवेश गरेनौं । समस्या समाधानका लागि सबैले प्रयास गर्ने र पार्टीमा एकता कायम गर्ने विषयमा छलफल भयो । यो बैठकलाई निरन्तरता दिने सहमति भएको छ ।’ माधव पक्षकै अर्का नेता गोकर्ण विष्टले पनि बैठक हार्दिक र सकारात्मक भएको बताए ।
एमालेका सबै कार्यकर्ता तथा आमजनताले पनि पार्टी एकताको अपेक्षा राखेको भन्दै उनले यसका लागि आफूहरु गम्भीर रहेको बताए । ‘आजको बैठकमा विभिन्न विषयमा रिपोर्टिङ भएका छन् । यसअघि अनौपचारिक तवरमा भएका कुराहरुलाई औपचारिक छलफलमा ल्याइएको छ । शीर्ष नेतृत्वमा पनि औपचारिक संवादको वातावरण बनेको छ,’ उनले भने ।