Logout

चर्चामा

महिनावारीको समयमा यौन सम्बन्ध राख्दा हुन्छ वा हुदैन ?

1k Shares

काठमाडौं । महिलाका लागि प्रसव पछिको पीडा भनेको महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित हुन्छन्। महिनावारीको बेला महिलाको शरीरमा अनेक प्रकारका हार्मोनल परिवर्तन हुने गर्छ।

यो समयमा महिलाहरुले खानपान लगायत धेरै कुरामा ख्याल राख्नु पर्दछ।

यौन सम्बन्ध

महिनावारीको समय यौन सम्बन्ध राख्नु हुँदैन। किनकी महिनावारीको समय यौन सम्पर्र्क राख्दा निकै कष्टदायी हुन्छ। साथै त्यसको धेरै साइड इफेक्ट पनि हुन सक्छ।

महिनावारीको समय यौन सम्पर्क गर्दा गर्भ रहँदैन भन्ने कतिपयको सोचाइ छ। तर विभिन्न संक्रमणबाट जोगिन महिनावारी भएको समयमा यौन सम्बन्धबाट टाढै रहनु पर्छ।

भोकको बेवास्ता

महिनावारीको समय पर्याप्त मात्रामा पौष्टिक तत्वयुक्त खाना खानु पर्छ। महिनावारीको समय शरीर निकै कमजोर हुने गर्छ, त्यसैले यो समय फलफूल तथा पोषणयुक्त खाना खाइरहनु पर्दछ।

कडा शारीरिक श्रम

महिनावारीको समयमा धेरैलाई पेट दुख्दा पीडा हुने वा पिठ्यू दुख्ने हुन्छ, त्यसकारण यस्तो समयमा सकेसम्म शारीरिक श्रम गर्नु हुँदैन।

प्याडको प्रयोग

महिनावारीका बेला हरेक ३–४ घण्टामा प्याड परिवर्तन गर्नु पर्दछ। यदि प्याडको साटो कपडा प्रयोग गर्ने गरेमा सकेसम्म सुतीको कपडा मात्र प्रयोग गर्नुपर्छ। उक्त कपडा पनि ३–४ घन्टामा परिवर्तन गर्नु पर्दछ। यसले संक्रमणबाट जोगाउनुका साथै दुर्गन्धबाट पनि टाढा राख्न मद्दत गर्दछ।

कसिलो कपडा

महिनावारीको समय निकै कसिलो कपडा लगाउनु हुँदैन। यो बेला सकेसम्म सुतीको, हलुका अनि खुकुला लुगा कपडा लगाउनु पर्छ। किनकी यस्ता कपडा लगाउँदा हावा पास हुने गर्छ र शरीरमा चिड्चिडापन हुन दिदैँन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार