काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि उत्साही बनेका छन् । हिजो राति अवेरसम्म बालुवाटारमा रावलले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए ।
उक्त भेटवार्तामा पार्टी एकताबारे गम्भीर कुराकानी भएको रावलले जनाएका छन् । प्रधानमन्त्री ओलीसँगको भेटबारे रावलले भने,‘उहाँसँग पार्टी एकता कायम गर्ने विषयमा गम्भीर छलफल भयो ।
उहाँले प्याकेजमै कुरा गरौं भन्नुभएको छ ।’ रावलले पार्टी एक बनाउनको लागि अन्तिमसम्म आफूहरु लागिपर्ने बताए । गत शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २३ जना सांसदलाई शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन आज साँझ ५ बजेसम्म अन्तिम समय दिएको छ ।
तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने जवाफ बालुवाटारलाइृ पठाईसकेको छ । भीम रावल भने अध्यक्ष ओलीसँगको भेटपछि उत्साही बनेको उनीनिकट नेताहरुको दाबी छ । रावलले आज विहानमात्रै वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटेर हिजोको भेटवार्ताको प्रगतिबारे बिफिङ गरेका थिए ।
यो नि पढनुस
मध्यावधि निर्वाचन : असोज २० र ३१ मा उम्मेदवारी मनोनयन, साउन १५ भित्र दल दर्ता प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ अन्तिम चरणमा पुगेका बेला निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ । निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले आजै मतदाता नामावली, दल दर्ता र तथा उम्मेदवारी मनोनयन लगायतका सबै कार्यतालिका औपचारिक रूपमा सार्वजनिक हुने जानकारी दिए ।
आयोगको बैठकले तयार पारेको नेपाल प्रेसलाई प्राप्त तालिका अनुसार पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा २० गते उम्मेदवारी मनोनयन गर्ने तालिका बनेको छ । दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा असोज ३१ गते उम्मेदवारी मनोनयनको तालिका तय भएको छ ।
सरकारले पहिलो चरणमा कात्तिक २६ र दोस्रो चरणमा मंसिर ३ मा निर्वाचनको मिति तोकेको छ । आयोगले निर्वाचन प्रयोजनका निम्ति दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको समय दिने भएको छ ।