Logout

चर्चामा

विदेशबाट फर्केकाहरुलाई संगठित गर्न एमाले बैठकमा ‘रिटर्नी फेडरेशन’को प्रस्ताव

1.2k Shares

काठमाडौं । नेकपा एमालेले विदेशबाट फर्केर आएकाहरुलाई संगठित गर्न जनवर्गीय संगठन निर्माण गर्ने भएको छ । वैदेशिक रोजगारी तथा लामो समय विदेशमा बसेर फर्केहरुलाई संगठित गर्नका लागि यस्तो जनसंगठन निर्माणका लागि लिखित प्रस्ताव पेश भएको छ ।

शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य माधव ढुंगेलले सो प्रस्ताव पेश गर्दै संगठनको लिखित अवधारणा अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् ।

‘रिटर्नी फेडरेशन नेपाल’ नाम प्रस्ताव गरी यसको विधान तथा अन्य विषय समेटिएको छ । विदेशबाट फर्किएका एमाले समर्थक तथा सदस्यहरु अहिले सातै प्रदेशमा संगठित भइरहेको र उनीहरुलाई पार्टीले औपचारिक रुपमा जनवर्गीय संगठनभित्र समेटेर लैजानुपर्ने ढुंगेलले बताए ।

यो नि पढ़नुस

काठमाडौं । नेकपा एमालेले आगामी २०७९ वैशाख ३० गतेभित्र १० औं महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा महासचिव ईश्वर पोखरेलले वैशाख ३० गतेभित्र महाधिवेशन गर्नेगरी प्रस्ताव पेश गरेका हुन् ।

यसअघि एमालेले मंसिर २ देखि ६ सम्मका लागि महाधिवेशन गर्ने भनिएकोमा अहिले सारेर वैशाख पुर्याउने प्रस्ताव गरेको हो । पोखरेलको संगठनिक प्रस्तावअनुसार पार्टी सदस्यता असार मसान्तसम्म नवीकरण र वितरण गरी साउन ५ भित्र केन्द्रमा पठाउन प्रस्ताव गरिएको छ ।

यस्तै पार्टी विधान संशोधन प्रस्ताव असार २५ गतेभित्र मातहतका कमिटीमा पठाउने प्रस्ताव गरिएको छ । यसबाहेक भदौ ५ गते वडास्तरीय अधिवेशन सुरु गर्ने प्रस्ताव गरिएको छ ।

यस्तै ३२ वटा पार्टीका केन्द्रीय विभाग प्रमुखलाई पनि पूर्णता दिने प्रस्ताव पनि गरिएको छ । आम निर्वाचनको कार्यतालिकासँग नजुध्ने गरि पार्टी अधिवेशनमा लाग्नुपर्ने पनि पोखरेलले बताए ।

उनले पार्टीमा देखिएको असामान्य र विग्रहका बीच संगठन थप व्यवस्थित गर्नुपर्ने पनि बताए । माधव नेपाल पक्षको माग मुताबिक १० ओेँ महाधिवेशन आयोजक कमिटी भंग गरि केन्द्रीय कमिटीमा फर्किँदा पनि बैठकमा सहभागी नहुनु गम्भीर भएको पनि उनले बैठकमा बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार