Logout

चर्चामा

भण्डारीको चरित्र हत्या गर्न खोजेको भन्दै विश्व हिन्दु महासंघको आपत्ति

772 Shares

काठमाडौं। विश्व हिन्दु महासंघले महासंघकी महासचिव अस्मीता भण्डारीको चरित्र हत्या गर्न खोजेको भन्दै महासंघले आपत्ति जनाएको छ।

महासंघका सचिव  अमरकेशर सिंहले बुधबार विज्ञप्ति जारी गर्दै जग्गा विक्रीको विषयमा महासिचव  भण्डारीको कुनै संलग्नता नरहेको तर उनलाई जोडेर बदनाम गराउन खोजिएको बताएका छन्।

महासंघको जग्गा विक्रीमा महासचिव  भण्डारीको कुनै संलग्नता नरहेको र महासंघ अध्यक्ष प्रणालीअनुसार चल्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । भण्डारीमाथिको आरोप विश्व हिन्दु महासंघमाथिकै प्रहार भएको विज्ञप्तिमा जनाईएको छ।

खबरवाणी डटकम सँग कुराकानी गर्दै भण्डारीले भनिन् यो सस्थालाई बदनाम बनाएर आफुले फाइदा लिन र ब्यक्तिगत लाल्छना लगाउन खोजिएको उनको आरोप छ । म आफै पनि पत्रकार भएकोले यसरी सत्य तथ्य कुरा नबुझी समाचार लेख्नु प्रेस स्वतन्त्रको हनन गरेको बुझिन्छ ।

साथै महासचिव  भण्डारीको चरित्र हत्या गर्ने प्रयासमा समाचार प्रकाशित गर्ने सञ्चार माध्यममाथि कारबाही गर्न प्रेस काउन्सिलसँग अनुरोध पनि महासंघले गरेको छ।

207037462_987416138727185_4730540409841913778_n.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार