Logout

चर्चामा

इंग्ल्यान्ड र युक्रेनको रोचक जीत, क्वाटरफाइनलमा पुग्ने ८ टोली निश्चित

1k Shares

काठमाडौं। युरोकप फुटबलमा क्वाटरफाइनलमा प्रवेश गर्ने ८ टोली निश्चित भएको छ । गएराति सम्पन्न खेलमा इंग्ल्यान्ड र युक्रेन विजयी भएसँगै टोलीहरु निश्चित भएका हुन् । इंग्ल्यान्डले जर्मनीमाथि २-० को जीत निकाल्यो ।

जर्मनीका आक्रमणलाई असफल बनाउँदै इंग्ल्यान्डले खेलको अन्ततिर दुई गोल गरेको थियो । स्टरलिङ र कानेले इंग्ल्यान्डका लागि गोल गरेका थिए । अर्को खेलमा स्वीडेनमाथि युक्रेनले रोचक जीत निकाल्यो ।

निर्धारित समयमा १-१ को बराबरी भएपछि थप ३० मिनेट पनि सकिएर इन्जुरी टाइममा युक्रेनले गोल गरेको थियो । युक्रेनका लागि म्यानचेस्टर सिटीका जिनचेन्को नायक सावित भए । जिनचेन्कोले गोल गर्नुका साथै निर्णायक गोलका लागि अवसर सृजना गरिदिएका थिए ।

क्वाटरफाइनलमा प्रवेश गर्ने टोलीहरुको खेल

स्वीटजरल्यान्ड विरुद्ध स्पेन

बेल्जियम विरुद्ध इटाली

चेक रिपब्लिक विरुद्ध डेनमार्क

युक्रेन विरुद्ध इंगल्यान्ड

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार