Logout

चर्चामा

दुई महिनापछि काठमाडौंमा सार्वजनिक यातायात सञ्चालन

926 Shares

काठमाडौं । काठमाडौं उपत्यकामा दुई महिनापछि सार्वजनिक यातायात सञ्चालन भएका छन् । वैशाख १६ गतेदेखि निषेधाज्ञा सुरु भएपछि सार्वजनिक यातायात बन्द भएको थियो । दुई महिनाको निषेधाज्ञापछि आजदेखि सार्वजनिक यातायात जोर विजोर प्रणालीमा सञ्चालन भएको हो ।

२५ सीटभन्दा बढी क्षमताका बस मात्र बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । कारोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले गत वैशाख १६ निषेधाज्ञा जारी गरेको थियो ।

यातायात आंशिक खुलाइए पनि उपत्यकाभित्र निषेधाज्ञा भने एक साताका लागि थप गरिएको छ । सबै किसिमका पसलहरू बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्न पाइने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार