Logout

चर्चामा

प्रधानन्यायाधीश राणाले वकिललाई भने: पाँच मिनेट त जिस्क्याएको जस्तो भयो

1.1k Shares

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अधिवक्ताहरुलाई विषयबस्तु आउने गरि बहस गर्न आग्रह गरेका छन्। संसद विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा भइरहेको विषय केन्द्रीत बहसको क्रममा आइतबार प्रधानन्यायाधीश जबराले अधिवक्ताहरुलाई लामो र विषयवस्तु आउने गरि बहस गर्न भनेका हुन्।

निवेदकको तर्फबाट बहस गर्ने क्रममा अधिवक्ताहरुले निकै छोटो समय मात्रै लिए पछि प्रधानन्यायाधीश जबराले भने, ‘पाँच मिनेटमा त के नै आउँछ र जिस्क्याएको जस्तै भयो। अलि विषय बस्तु आउने गरि बहस गर्नु होला।’ प्रतिनिसिभा विघटन विरुद्ध १४६ जना सांसदले दायर गरेको रिटमााथि आइतबार निवेदक पक्षको बहस सकिँदैछ। सुरुवाती बहसका लागि निवेदक पक्षले संवैधानिक इजलासमा पाएको १२ घण्टामध्ये अब दुई घण्टा ३५ मिनेट बाँकी बाँकी छ।

जवाफी बहसका लागि थप तीन घण्टा उपलब्ध गराइएको छ। बुधबारदेखि सुरु भएको बहसमा दुई दिन चार–चार घण्टाका दरले बहस भए पनि शुक्रबार दुई घण्टा मात्रै भएको थियो। निवेदक पक्षले सकेपछि विपक्षी सरकारी पक्षले आइतबार चिया ब्रेकपछि बहस थाल्नेछन्। विपक्षी सबैलाई संवैधानिक इजलासले १५ घण्टाको समय दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार