काठमाडौं ।प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्।
आइतबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। ‘समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक राखिएको छ,’ तामाङले भने।
एमालेमा स्थायी कमिटी १९ सदस्यीय छ। अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षविनै स्थायी कमिटी गठन गरेका थिए। आजको बैठकमा पार्टी विधान महाधिवेशनबारे पनि छलफल हुनेछ।
यो नि पढ़नुस
जनकपुर–जयनगर जोड्ने रेल सेवा सञ्चालनका लागि जनशक्ति र प्रविधि उपलब्ध गराउन नेपाल रेलवे कम्पनी र भारतीय कम्पनी कोन्कणबीच सेवा सम्झौता (सर्भिस कन्ट्याक्ट) भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले असारभित्र नै जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने गृहकार्य स्वरूप भारत सरकारको मातहतमा रहेको भारतीय रेलवे कम्पनी कोन्कणबीच सम्झौता भएको जानकारी दिए ।
सो रेल सेवा असारभित्रमा नै सञ्चालनमा ल्याउने गरी तयारी सुरु गरिएको बताउँदै उनले रेल सञ्चालनका लागि अहिले जनशक्ति नेपालमा उपलब्ध हुन नसकेकोले रेल चालक (लोको पाइलट) सहित २६ जना जनशक्ति उपलब्ध गराउन भारतीय कम्पनीसँग सम्झौता गरिएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।