Logout

चर्चामा

सर्वोच्चबाट पुनर्बहाली भएका एमालेका तीन प्रदेश सांसद फेरि एक महिनाका लागि निलम्बित

772 Shares

सुर्खेत । माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर विश्वासको मत दिने कर्णाली प्रदेशका चार सांसदमध्ये तीनजना फेरि निलम्बनमा परेका छन् । नेकपा एमाले संसदीय दलको निर्णय अनुसार प्रदेश सभा सचिवालयले उनीहरुलाई निलम्बित गरेको हो ।

सचिवालयले एक सूचना जारी गर्दै नेकपा एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णय अनुसार भौतिकमन्त्री अम्मरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भुमिमन्त्री कुर्मराज शाहीलाई निललम्वन गरिएको जनाएको छ ।

‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको वैठकको निर्णयअनुसार माननीय अम्मरबहादुर थापा, माननीय कुर्मराज शाही, मानननीय नन्दसिंह बुढाले नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको निर्णयको पालना नगरेकोले एक महिनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्वित गरिएको भनि प्रदेश सभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोरोको सूचना सम्वन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।’

प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । यसअघि पनि उनीहरुलाई सांसदबाट निलम्बन गर्दा सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो । फ्लोर क्रस गर्ने अर्का सांसद प्रकाश ज्वालालाई भने निलम्बन गरिएको छैन । ज्वाला असार १ गते दलको बैठकमा सहभागी भएका थिए भने सोही दिन प्रदेश सभामा समेत बिपक्षमा बसेका थिए ।

164419709sansad.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार