जहाँ तहि हल्ला मात्र फैलिएको थियो कि कोरोना आयो रे अब सबै तहसनहस हुन्छ । कलियुग लाग्यो अब सबै सखाप हुन्छ । मान्छेहरुले धर्मको अपमान गरे , सृष्टिको रक्षा गरेनन् त्यसैले अब सबै बिनास हुन्छ ।
मान्छेहरुलाई पाप धर्मको अलिकति पनि ख्याल छैन जहाँ तहि मारकाट मात्र छ त्यसैको पाप कुर्लेको हो यस्तै के के भन्दै सहर देखि गाउँ सम्म स्वदेश देखि बिदेश सम्म खैलाबैला मच्चिएको थियो । सबैलाइ आफ्नो शरीरको माया लाग्दो रहेछ , ओ हो के आयो कुन्नी यस्तो शहरमा त मान्छेहरु बाहिर निस्किएको देख्नै नपाइने भइयो । मानिसहरु कोहि पनि हिड्डुल गर्दैनन् , कोहि कोहि भने मुखमा माक्स लगाएर हिड्थे जति हिड्थे नि ती सबै पुजा सामाग्री लिएर मन्दिर हिडेको पुजारी बिरालो सङ्ग तर्किए जस्तै गरि मान्छेहरु सङ्ग तर्किदै हिड्थे ।
तिनीहरुको मात्र के कुरा गर्नु म स्वयं पनि त्यसै गरि नै हिड्थे । बिदेशी मुलुक सबै खाइसक्यो रे त्यसै गरि नेपाललाई पनि खान के बेर लाग्यो र । हो साच्चिकै मलाई पनि भित्र भित्रै डर लाग्न थाल्यो कतै यस्ले मलाइ पनि आफ्नो सिकार बनाउने त हैन । घर परिवालाई सम्झन्छु झन डर मात्र लाग्छ यस्तो बेला सङै छैन बाबा आमा दिदी बहिनी सबै घरमा म एक्लै टुहुरो जस्तै छु यो कोलाहल सहर काठमाडौमा ।
कोरोना नियन्त्रण गर्न एक दुई दिनमा लक डाउन गर्नी रे भन्नी खबर लग भग सहर भरि नै फैली सकेको थियो । बास्तबमा भन्दा मलाइ यो लक डाउन भनेको के हो केही थाहा थिएन । कलेज बन्द हुन्छ भन्नि त थाहा थियो तर अरु यसमा के के हुन्छ भन्नी चाहि केहि थाहा थिएन । मलाइ खुब जान्न मन लाग्यो अनि दिउसो दुध लिन जादा डेरीको दाइलाई सोधे तर उहाले पनि आफुलाइ खासै थाहा नभएको तर गाडि देखि लिएर सम्पुर्ण पसलहरु बन्द हुन्छन भन्नि चाहि थाहा रैछ । अनि सोचे गाडी बन्द भए त म यहि अढ्कन्छु त्यो भन्दा आजै गाडी चढेर घर गैदिउ क्या हो । तर त्यही डेरिमा मान्छेले कुरा गरेको पनि सुने बस पार्कमा दसैमा भन्दा बढी अहिले घर जानी को भिड छ रे गाडी नपाएर मान्छेको बिचल्ली छ । यो सुन्दा सारै मन अमिलो भयो अब त म यहि अड्किने पक्का भयो ।
अड्किने कुरा सोच्दा मन अमिलो हुन्थ्यो फेरि कलेज बन्द हुनि रे पढ्न नि पर्दैन बिहान नौ बजे सम्म सुत्न पाइन्छ अनि साथिहरुलाइ बोलायो मोज गरेर बस्न नि पाइन्छ यस्तो छोडी छोडी को जाओस घर यो सोच्दा फेरि मन फुरुङ्ग भएर आउथ्यो । त्यती मात्र हैन यो उमेर को दोष हो कि खै के हो मलाई पनि थाहा छैन घरमा भएका ती बृद्धअबश्थाका बुवाआमाको भन्दा पनि यो बैसालु उमेरको प्यास बुझाउने पानीको बढी माया लाग्दो रहेछ ।
हो , मलाई उसङ्ग छुट्टीएर घर जानै मन लागेको छैन । उसङ्ग एक मिनेट नबोले नभेटे यो मन भतभती खान्छ अनिश्चित कालको लागि उस्लाइ छोडेर जान झन यो मनले कहाँ मान्छ र ? भोकले आत्तिएको थिए दुध सङै एउटा पाउरोटी को पोको लिएर कोठा तिर लागे । आज बाट पशुपति को मन्दीर बन्द हुनि कुरा चलेको थियो अनि उनै प्रियसि रिच्मालाई फोन गरेर पशुपतिमा बोलाए । मुखमा माक्स अनि हात सेनिटाइजरको बोत्तल हातमा लिएर आरती गर्नी ठाउ नजिकैको सिडिमा मलाई कुरेर बसिरहेकी थिइ ।
हतार हतार दगुर्दै उस्को नजिक जाँदै थिए जुरुक्क उठेर डिस्टेन्स मेन्टेन भन्दै पछाडी पट्टी भागि । म रिसले चुर हुँदै एक टक्क भएर उसलाई हेरिरहे थिए तर उस्ले भने मुसु मुसु मुस्कुराउदै मलाई हेरिरहेकी थिइ । मुखको माक्स झिकेर भइमा फाल्दै फटाफट कोठा तिर हिडे ।
म सिडिबाट तल झर्दै थिइ पछाडि बाट दगुर्दै आएर मेरो टिसर्टको गलामा समात्दै माथी तिर तानी हाम्रो यो रमिता चारै तिर बसेका मान्छे हरु खुब रोमान्चित हुँदै हेरिरहेका थिए । मैले झर्किदै भने किन नजिक आएको मेरो पर जाउ फेरि कोरोना लाग्ला । पागल म जिस्केको पो हो त अझै रिसाको हो भनेर म जाम भन्दै उल्टै (घुर्क्याइ) देखाउन थालि । उसलाई मृग भने पछि सारै मन पर्थ्यो हिड जाम मृग हेर्न भन्दै लिएर गए ।
झमक्क साझ पर्न आटिसकेको थियो हामी जालीमा समाएर मिर्गको प्रतीक्षा गर्दै उभिरहेका थियौ । एक्कासि खुसि हुँदै चिच्याएर भोलि देखि त कलेज छुट्टि है भन्दै बुरुक्क उफ्रीदै मेरो शरीर माथी चढि । लामो समय लक डाउन हुने कुरा छ म त घर जान्छु होला उस्का हात माथी हात राख्दै भने । मेरो शरीरबाट ओर्लिएर रिसाएको भावमा आँखा ठुला बनाउदै मतिर हेर्दै (मलिन) आवाजमा नजाउन मलाइ छोडेर तिमी गयौ भने त म एक्लै हुन्छु भन्दै रुन थाली ।
अरु बेला किस खान लाखौ बिन्ती गर्नु पर्थ्यो तर आज त अचम्मै भयो मेरो छातिमा आफ्नो छाती ट्स्याउदै आफुले लगाएको माक्स खोल्दै ती मेरा दुबै ओठको स्पर्श लिन थाली । बिगतका दिनहरुमा उत्तेजित हुने मेरो शरीर त्यति बेला भने लाजले भुतुक्कै परेको थियो । रात त परिसकेको थियो तर पनि कसैले देख्छन कि जस्तो लागेर आफ्नो ओठबाट उस्को ओठ हटाउदै पछाडी मोडिए । सात बजे भन्दा ढिला भयो भने घर बेटि रात भरी कराएर बस्न खान दिदैन त्यसैले छुट्टिने निर्णय गरे ।
उ मलाई सिफलको खेल मैदान सम्म स्कुटरमा पुर्याउन गइ । मलाइ त्यहा छाडेर भोलि बिहान सबेरै भेट्नी बाचाका साथ आफू आफ्नो घर जयबागेश्वरी तिर लागि भने म कोठा तर्फ लागे । कोठामा गएर खाना पकाएर खानी खासै जागर थिएन त्यसैले नजिकैको तन्दुरी होटल बाट दुई ओटा नान अनि डेरि बाट आधा लिटर दहि लिएर जाँदै थिए त्यत्तिकैमा मम्मिको फोन आयो । मम्मि दर्शन । भाग्यमानी भएस बाबू , जताततै कोरन्डो आयो भन्छ्न कस्तो छ त्यता । मम्मिले कोरन्डो भनेर भन्दा मलाई कत्ती पनि अफ्ट्यारो महसुस भएन किनकि मलाई राम्रो सङ्ग थाहा छ कि मम्मी अनपढ हुनुन्छ ।
उहालाइ उच्चारण गर्न गाह्रो हुन्छ भन्नी कुरा मैले बुझीसकेको थिए फेरि मैले सुधार्न पनि चाहिन अहिले के दुई चार कलास पढेको मेरो खिल्ली उढाउने भैसकिस भन्न पो के बेर लाग्यो र ? त्यसैले अ ठिकै छ भनेर कुरो टुंगाउन चाहे । यहाँ त अब सबै बन्द हुनि कुरा गरेका छ्न बाहिर बाट गाउमा कोहि पनि आउन नपाउनी रे त पनि भोलि जो आइज भो पछि आउन दिदैन्न । मलाई भने खासै घर जान मन लागेको थिएन त्यसैले मम्मी म यहि बस्छु भो आउन जान मात्र दुख हुन्छ भनेर भने । आफुलाइ खिन्न बनाउदै मलिन आवाजमा किन छोरा आइजन बरु मरेपनी संगै मरौला ।
मम्मिले यत्ती भने पछि के हुन्छ गाडी पाइदैन भनेका छन म भोलि बुझेर फोन गर्छु भन्दै फोन राख्दिए । दुई ढुङ्गा बिचको तरुल जस्तै भएको थिए म के गरम अब आफै दुबिधामा परे नजाम भने घरमा मम्मी रुनुन्छ जाम भने उसलाई छोडेर जादा उता मेरो मन रुन्छ । रिच्मालाइ फोन गरे मम्मिले आइज भन्दै कर गर्नु भएको छ म जान्छु है । नजाउ न मम्मिलाइ गाडी पाइएन भन मान्नु हुन्छ मलाइ एक्लै छोडेर जान सक्छौ भन्दै उता उ रुन थाली । मलाइ दिक्क लागिसकेको थियो घर फोन गरे घरका रुन्छ्न यस्लाइ फोन गर्यो यो रुन्छे रिसै रिसमा केही नभनी फोन राखी दिए । म के गरौ गरौ अति नै अन्योलमा परे मलाइ पर्सि सम्म त जसरी नि घर पुग्नु पर्छ डिसिजन आजै लिनु छ तर के डिसिजन लिउ सोच्दा त असाध्यै सहज छ तर मलाइ निर्णय लिन भने सारै अफ्ट्यारो पर्यो ।कोठामा पुगेर घडी हेरे आठ बजिसकेको रहेछ ।
टाउको पुत्ताइ रहेको थियो । दिमागलाई सान्त बनाउन एकै छिन मोबाइल चलाएर रोटि दहि खाएर सुत्नी तरखर गरे । सुते पनि जानी कि नजाने भन्नी कुरामा दिमागमा भिडन्त चलेको थियो । थाहा छैन तर जानी ले जिते पनि नजानिले जिते पनि दुबै आउनी मेरै पक्षमा हो समस्या यो हैन समस्या त कुन पक्षलाई बिजय बनाउने भन्नी हो । यस्को लागि त एउटा न्यायाधीश चाहिँयो म आफै हुन सकेको भए सारै राम्रो हुन्थ्यो तर सकिन त्यसैले दाइ लाई फोने गरेर दाइ म जाम किनाइ घर भनेर सोधे दाइले एकै चोटिमा दुई तीन महिना बन्द भयो भने के गर्छस जा भोलि खुरुखुरु । जानी को पक्षमा निर्णय आयो त्यहि अनुसार भोलि जानी सोच बनाएर उस्लाइ म्यासेज गरेर म भोलि बिहान घर जानी भए है भनेर फोन बन्द गरेर सुते ।
अरुको घर अगाडि त ठूलो आगन हुन्छ तर मेरोमा भने त्यस्तो थिएन मिनेट मिनेटमा , बाजा बजाउदै , कोहि सङ्खको एकोहोरो शरीर नै जिरिङ्ग गराउने गरि बजाउदै त भने कोहि सामान बोकेर र त कोहि याउ याउ गर्दै बिरामी बोकेर एम्बुलेन्स कुद्ने ठुलो मोटर बाटो थियो । ठिक्क घर अगाडि गएर बस रोकियो । ठूलो किताब कापि अनि अनिश्चित कालका लागि बोकेर हिडेको लुगा फाटा को जेब्रा झोला गल्ली बाट घिसार्दै घरको बलेनी मा झरे । बाबा मम्मी दिदी बहिनी सबै पिडिमै बस्नु भएको थियो । घर अगाडि उभिएर दङ्ग पर्दै हेरिरहे अरुबेला म गाडिबाट झर्न नपाउदै मेरो झोला समाउन आउने मेरि बहिनी आज भने घरको खाबो समाउदै मलाइ हेर्दै बसिरहेकी थिइ ।
त्यही मेरि प्यारी बहिनी आज दाइ आउदा बेवास्ता गर्दा मलाई बिश्वास नै लागेन म अचम्म परे के भयो ह आज मेरि बहिनिलाइ ? बजारको घर को चढ्यो को झर्यो टाडै बाट छरपस्ट देख्न सकिन्थ्यो म झर्न साथ सबै पसलेहरुले मन्टो तानी तानी मलाइ हेरिरहेका थिए । तैपनी त्यहा सिर्जित त्यो अप्रत्याशित वातावरणलाई सहज बनाउने प्रयास गर्दै झोला लिएर बाबाको पाउ छुन अगाडी बड्दै थिए भयो भो भन्दै आफू बसेको कुर्सि घर्र घुचेड्दै पछि सार्नु भयो । थाहा छ मलाइ कोरोनाको यस्तो महामारीमा म पढेलेखेको मान्छे आफै जाने बुझेर आगाडि जान नहुने हो तर पनि यसरी आफ्नै बाउ छोरा सङ्ग तर्किएको देख्दा चित्त चाहि सारै दुख्दो रहेछ । पछाडि हटेर मम्मिलाइ हेरे मुसुक्क हास्नु भयो तर मेरो मन भने भित्र भित्र दुखी रहेको थियो ।
मेरो मन यति सम्म छिया छिया भएको थियो कि अब रुन बाहेक केहि बाकी थिएन । तैपनी आफुलाइ सम्हालेर उभिरहेको थिए । साझ पर्न आटि सकेको थियो बाटोमा केहि नखाएको भएर अघिसम्म पेटमा मुसा दुगुरी रहेका थिए अहिले त्यो भोक पनि मरिसक्यो । म अझैसम्म पनि केहि न बोलि बसिरहे । त्यत्तिकैमा दिदिले गिलासमा पानी लिएर मम्मी सङ्ग मिन्स हुदा तर्किए जसरी म सङ्ग तर्किदै गिलास परै राखेर यो त सङै राख है हामिले छुन हुदैन भन्दै पर सरि । म पानीको एक सुर्पी लिदै थिए , हाम्रो पहिला बाख्रा थुन्नी गरेको एउटा कोठा देखाउदै यो कोठा राम्रो सङ्ग सफा गरेर बिस्तारा बनाइदे है थाकेको छ होला सुत्छ भन्दै बाबाले दिदिलाइ अराउनु भयो । मैले अझै सम्म एक वाक्य पनि निकालेको थिएन म मात्र भइमा बसेर अघि देखि घर परिवारले म प्रती देखाएको व्यबहारलाई राम्रो सङ्ग बुझ्नी प्रयास गरिएको थिए । एकै छिनमा दिदिले तयार पारी ।
उ ती हेर तयार भयो तेरो कोठा अब कतै जानी हैन हामी सङ्ग पनि छोइने हैन चौध दिन सम्म त्यही बस त्यही तयारी अबस्थामा रहेको बिस्तारा बताउदै बाबाले भन्नू भयो । त्यो तयारीमा अलि कति पनि अस्वीकार जनाउन मन लागेन हुन त जनाएर पनि केही हुने वाला थिएन । गिलास टिपे अनी झोला बोकेर गए आफ्नो भब्य सिङ्गारीएको आरामदायी कक्ष बाख्राको खोर तिर । झोला राखेर बहिनी अगाडि म पछि पछि धारामा गए उसैले नै धारो खोलिदिइ । शरीर धुलाम्य भएको थियो झ्याप झुप नुहाइ हाले । अरु बेला धारो खोले पछि बन्द गर्नी बानी लौ जा अहिले पनि बन्द गरेछु ।
मैले धारो छोएको देख्नी बित्तिकै बहिनीले चिच्याउदै भनी मोरिस कुकुर धारो छोएर । खै छट भन्दै सेनिटाइजर ले पुरै धारो छेपी म दङ्ग परेर हेरिरहे । एकै छिन पछि बहिनिले खाना ल्याएर ढोकामा राख्दै भनी ओए ला खाना खा । मैले भित्रै आइजन लिएर भने उस्ले नाइ आउदिन कोरोना सर्छ भन्दै त्यही बाट फनक्क फर्केर गै । मलाइ कोरोना लागेको छ र सर्नलाई भनेर के चिच्याउन लागेको थिए त्यत्तिकैमा बाबा ढोकामा आएर ठिङ्ग उभिनु भयो मैले उतिखेरै कुरा फेरेर नानी हात धुने पानी ल्याइदेत भन्दै थाल आफू तिर ताने झै गरे । ल ल नानी दाइलाई पानी लग्देउ भनेर आफू खेत तिर जानू भयो ।
लाइटपनि थिएन त्यो अध्यारोलाइ चिर्न आफ्नो मोबाइल बाले खोरमा मलाइ नै बस्न पर्छ भन्ने भए त मैले चार्ज गर्नी देखी लिएर सबै कुरा जडान गर्ने थिए नि पहिलै कहा थाहा भयो र । थाल भरी भातको ठुलो थुप्रो थियो तर आफुलाइ भने खानै खान मन लागेको थिएन आधा खाए अनि आधा त्यत्तिकै फालिदिए । काठमाडौ बाट हिडे पछि मैले उसलाई फोन नै गरेको थिएन । रिसले चुर परेकी छ होला डराउदै फोने गरे । उता घण्टी बजेको आवाजले यता मेरो मुटुको धड्कन बढाइरहेको थियो पुरै घण्टी गयो तर फोन उठेन । दोस्रो घण्टीमा पनि फोन उठेन तेस्रोको अन्तिम घण्टीमा मा फोन उठ्यो ।
किन फोन गरेको उता बाट उस्ले गर्जिदै भनि किन हुन्छ र बोल्नलाई । मैले भनेको नमान्नी मान्छे किन बोल्न पर्यो मसङ्ग , तिमी सङ्ग नबोले को सङ्ग बोलम त मैले नम्र हुँदै भने । गाह्रो थियो मलाइ उ रिसाए पनि आफू रिसाउनु भएन । दुबै जना एक अर्का सङ्ग रिसाए फकाउने कस्ले । त्यसैले पनि उ जति रिसाउथी त्यति नै मायालु भाबमा म बोलिरहे किन कि मलाइ थाहा थियो सम्बन्ध जोगाउन एउटा आगो अर्को पानी हुनु पर्छ भन्नी । कुरो नबुझ्ने परे पछि कस्को के लाग्छ र मैले यताको आफ्नो पीडा त सुनाउनै पाएको छैन उ बाहेक सुनिदिने कोहि छैन्न सुन्दिने मान्छे आफै कराउदा ठिक्क छ । उ यकै छिन कराइ नै रहि एकैछिन बोले पछि मोबाइलमा चार्ज छैन भन्दै फोन राखिदिए ।
ह्या बेला बेलामा त यस्तो लाग्थ्यो कि सम्बन्ध नै तोडेर बस्दिम रिसमा भनेर के गर्नु फेरि सान्त भए पछि उसकै यादले सताउछ । निदाउन खोज्छु कति बेला किराले टोके झै लाग्छ कति बेला कमिलाले टोक्छ त कति बेला लाम्खुट्टेले । दिमाग भरी कुरा खेलेर निदाउन नै दिएन मलाइ । अझ बसको कुरा सम्झदा त भो आफुलाइ आफ्नो टिठ लागेर आउँछ । बुटवलबाट बसमा चढे सिट भने एउटा पनि खालि थिएनन म उभिएरै यात्रा गरिरहेको थिए । जति गाडी फेरे पनि मलाइ थाहा थियो कुनै पनि सिट भएको पाइने छैन त्यसैले यहि गाडिमा उभिएरै जाने अठोट गरे ।
मलाइ उभिएर यात्रा गर्नु पर्दा कुनै पीडा थिएन तर गाडिमा चडेका मानिसहरुको मानवता हराएको देख्दा भने सारै दिक्क लाग्यो । रुपमा कालो थिए अझ पहिरन पनि त्यस्तै थियो त्यसैमा जेब्रा झोला बोकेर आएको मलाई देख्दा त्यहा चडेका मध्य एउटा बुवालाई म इन्डियाबाट आएको जस्तो लागेछ क्यारे । उनले मलाइ औंलाले इसारा गर्दै सोधे बाबू कहाँबाट आएको तिमी । एकै छिन अलमलमा परे मलाइ होकि अरु कोहि लाई दायाँ बायाँ हेरे मलाइ नै जस्तो लाग्यो अनि आफैले आफुलाइ बताउदै मलाइ भन्नू भएको अ त भनेर उनले भने पछि म काठमाडौबाट हो बा ।
खै किन पत्ताएनन कुन्नी त्यो त उनैलाइ थाहा होला हुन सक्छ मेरो हुलिया देखेर उनलाइ हैन जस्तो लाग्यो होला तर वास्तविकता त यहि नै थियो । हैन नढाटी भन त भनेर उनी फेरि गर्जिए मैले हो बा म काठमाडौबाट नै आएको हो भनेर भन्दै थिए सहचालकलाई आफुतिर बोलाउदै ए भाइ किन तिमिले यो बाहिर बाट आएको मान्छेलाइ गाडिमा चढाएको ह भनेर गर्जिन थाले । म अवाक भए , मेरो अनुहार कालोनिलो भयो म केहि बोल्न सकिन ।
मलाइ डर अनि लाज दुबैले च्याप्प समाए । गाडिका सबैले मलाइ नै हेरिरहेका थिए उता ती बा अझै के के भन्दै बर्बराई रहेका थिए मेरो कसैको मुखमा हेर्न सक्ने हिम्मत नै भएन अनि भुइँ तिर फर्किएर माथी को डन्डी समाएर उभिरहे । धन्न एकै छिनमा सहचालक दाइले मलाइ इसारा गर्दै आफु तिर बोलाए र ढोका निरै उभिन लागाए नाइ भने त म कसरी उभिन्थे होला त्यहा न ती बुढालाइ सिर ठाडो बनाएर हेर्न सक्थे न त त्यहा भएका अरुलाई नै । यत्तिकै सकि नसकी समय सङ्ग कराउदा कराउदै आज कोरेन्टाइमको पनि पाँचौ दिन पुग्यो ।
यी बिगतका चार दिन मलाई चार बर्ष भन्दा केही कम लागेनन । जिउनको लागि चार बर्ष जति संघर्ष गर्नु पर्छ त्यति मैले यी चार दिन कटाउन गरे थिए । मलाइ पक्का पक्की थियो कि जति मैले बिगतका दिनमा संघर्ष गरे त्यो भन्दा पनि अझै संघर्षमहि अनि कष्टकर त आगामी दिनहरु हुने छन । रात भरी रुघा लागेर खोक्दा खोक्दा सुत्न सकेको छैन । ज्वरो पनि आउला जस्तै बनाएको छ । शरीर दुखेर बाहिर पिसाब फेर्न जान पनि सकेको छैन । लक्ष्यण सबै मिल्दा थिए मलाइ भित्र भित्रै डर लागि रहेको थियो । बाबाले तातो पानि ल्याउदै सोध्नु भयो के भो रुघा लाग्यो क्या हो अ को इसारामा टाउको हल्लाउँदै गिलासको पानी ल्याएर पिउन थाले । टाउको दुखेर कसैसँग बोल्न सकेको थिएन आखाको नानी पोलेर बर्बर आँसु बगिरहेको थियो । एकै छिनमा बाबाले बाफ लिन पानी ल्याइदिनु भयो पसिनाले लुछुप्पै भिज्ने गरि बाफ लिए ।
बाफ लिएर सक्न साथ मम्मिले खाना ल्याइदिनु भयो । खान भने फिटिक्कै मन थिएन , कचौराको दाल मुखमा हाले नुन पनि नलागेको केसैको पनि स्वाद थिएन क्ष्या कस्तो नमिठो रहेछ भनेर तरकारी सङ्ग भात मुसेर खान थाले यो पनि त्यस्तै छ त बा नुन पनि छैन । कति नमिठो पकाएका रैछ्न कुन्नी आज । मम्मी नुन ल्याइदिनु न कुनै मा पनि लागेको छैन भन्दै बोलाए । हैन बौलाउछ क्या हो ह यो ? उता बाउ तरकारीमा जतनमन्ताको नुन ठोकिछ्स भन्दै कराउछ्न यता छोरो नुन लागेन भन्दै कराउछ यी बाउ छोराले त मेरो आधा मासु खाए नुनको भाडो बाट हातमा नुन खनाउदै कराउनु भयो ।
अघि सम्म त रुघाखोकी मात्र हो भनेर आत्मबिस्वास बढाइ रहेको थिए तर अब त पक्का पक्की भैसक्यो कि मलाइ पनि कोरोनाले आफ्नो शिकार बनाइ छाड्यो ।त्यसै त खान मन थिएन अझै झन यो बिना स्वादको त के जान्थ्यो र दुई गाँस त बल्ल बल्ल खाए अनि सबै फालिदिए । सबै कुरा जान्नु भन्दा केहि पनि नजानेको नै ठिक हुदो रहेछ यदि मलाइ यस्को बारेमा केही पनि थाहा हुदैन थियो भने आज लक्ष्यण देखिदैमा यसरी त्रसित भएर जिउनु त पर्दैन थियो । दिन पछि दिन मेरो स्वास्थमा झन खराब हुँदै गयो । आज आठौं दिन अल्लि सास फेर्न गार्हो भइरहेको थियो । चेक त गर्नु पर्यो के थाहा अरु कुनै रोग पो हो कि भनेर चेक गर्न भन्दै डाक्टर घरमा आए ।
जेस्को शंका थियो त्यही नै भयो मलाइ कोरोना पोजेटिभ देखियो । शरीर गलेर पत्रक्कै परेको थियो । अब उठ्न पनि मलाइ कसैको सहारा चाहिने भएको थियो । दुई दिन अगाडि कस्तो फुर्तिलो मेरो शरीर आज अत्यन्तै दया लाग्दो अबस्थामा थियो । डाक्टरको सल्लाह अनुसार मलाइ स्वास्थ चौकीमा बनाएको आइसोलेसनमा लैजाने कुरा भयो । परिवार सबैको मुहार मलिन देखिन्थ्यो बजारमा भएकाहरुको मलाइ हेर्ने घुइँचो लागेको थियो । गाडीमा चढाउदा मम्मिको मुहारमा हेरे म छिट्टै घर फर्किने आसा अनि निराशाले भरिएको मलिन देखिन्थ्यो । गाग्री भरिएर अब पोखिन आटेको पानी जस्तै थिए ती आसुले भरिएका आखाहरु । मलाइ पनि थाहा थिएन म फेरि घरमा पाइला राख्न पाउछु कि पाउदिन भन्नी । थाहा थिएन मलाइ अब फेरि बिगतका दिनमा जस्तै ती मेरा दिदी बहिनीको चम्किलो अनि हसिलो मुहार देख्न पाउछु कि पाउदिन त्यसैले तिनिहरुलाइ पनि धोका फेरेर हेरे तर बाबालाई भने हेर्न सकिन ।
बाबा अगाडिको सिटमा गएर बस्नु भयो गाडी हस्पिटल तिर कुद्यो मेरा आखाबाट बर्खा यामको झरी झै बर्षेका ती आसुका ढिकाले परेली भिजाउदै गाला हुँदै चिउडो बाट तप तप गर्दै छातिमा बर्सन थाले । अक्सिजन मुखमा लगाएर सुतिरहेको थिए । अक्सिजन लगाएको भएपनि मेरो श्वास भने तिब्र रुपमा चलिनैरहेको थियो । त्यो लगाउदा पनि गाह्रो भएर कति बेला दायाँ कोल्टे फेर्थे त कति बेला बायाँ उठेर सक्ने भने मेरो हब्बा थिएन । तैपनि सास फेर्न गाह्रो भएर आँखाबाट बरर आँसु खस्थे । कति कति बेला त आत्तिएर अक्सिजन नै झिक्दिनथे अनि ठूलो मुख बनाएर सास तान्न खोज्थे । बेला बेलामा डाक्टर र नर्स मलाइ हेर्न आउने गर्थे भने बाबा चाहिँ अँध्यारो मुख लगाउदै झ्यालमा उभिएर मलाइ हेरिराख्नु हुन्थ्यो ।
सानै देखि श्वास प्रस्वासको रोगि भएर होला अल्लि बढिनै च्यापेको थियो । अलिक ठिक होला भन्ने बेलामा मलाई झन झन गलाउन थाल्यो । म आफै सङ्ग हारिसकेको थिए । म सङ्ग यसलाई परास्त पार्ने अलि कति पनि हिम्मत थिएन मेरो पलाउदै गरेको बाच्नी आसा पनि मर्दै गयो । बरु यो नै निकालिदिन्छु यसरी तड्पिनु भन्दा त यो अक्सिजन झिक्दे पछि यकै छिनमा सबै सकि हाल्छ अनि झ्यालमा लाखौं मन्दिर भाकेर उभिएका ती बाबाको अनुहार देख्थे र त्यो आफैलाइ सिध्याउने सोच बदल्ने गर्थे । आँखा खोले ग्राण्डि हस्पिटलको भेन्टिलेटरमा आफुलाइ भेटे । दिमागमा धमिलो पर्दा सहित बाबा र डाक्टरहरु मेरो अगाडि आत्तिदै ओहोर दोहोर गरेको अनि कानमा हेलिकप्टर बोलाएर काठमाडौ लैजान पर्यो भन्नी मात्र अलि अलि सम्झनामा आएको थियो । यसरी सुत्दा मलाइ केही छैन अरु बेला सामान्य रूपमा बिस्तारामा सुते जस्तै लाग्यो उठ्न खोजे सकिन , फेरि प्रयास गरे थोरै टाउको उठ्यो शरीर त हल्लाउन पनि सकिन। हात उठाउन खोजे औला चल्छ हात भने उठान सकिन । शरीर जिरिङ्ग भयो एक्कासि डर लाग्यो मलाइ प्यारलाइसिस भयो कि क्या हो दिमागले यस्तै सोच्न थाल्यो ।
ठिक अगाडी ढोकामा दिदि र मम्मी उता फर्केर उभिनु भएको थियो । उहाँहरुलाइ देखेर एक्कासि भक्कानो छुट्यो र तात्दै हुदा आँखा बाट आँसु खसे । दुई तीन पटक नै मम्मी भनेर बोलाए सुन्नु भएन । हुन पनि के सुन्नु हुन्थ्यो होला र अत्यन्तै सानो आवाज निस्किएको थियो त्यही छेउमा बसेकोले त सुन्दैन थियो होला अझै बाहिर बसेकी मम्मिले त झन के सुन्नु हुन्थ्यो होला र ? थाहा छैन मलाइ म कति दिन देखि जिउँदो लास भएर लडेको छु । म यसरि लडेको छु केहि थाहा छैन तर छोराले कति बेला आँखा खोल्छ भनेर आसाको बत्ती बालेर ढोकाबाट चिहाइ चिहाइ हेरिरहेका ती आमा बुवामा के बित्यो होला ।
मम्मिले म तिर हेर्नू भयो , थोरै टाउको उठाए मम्मी मलाई हेर्दै मुसुक्क मुस्कुराउदै उता फर्केर बाबालाइ बोलाउनु भयो बाबा पनि दगुर्दै ढोकामा आएर उभिनु भयो दिदी बहिनि भने छेउबाट मन्टो तानेर हेरिरहेका थिए । मम्मी बाबाको काधमा आफुलाइ अढाउदै रुन थाल्नु भयो ।म फिलिम हेर्दा हेर्दै भावुक भएर रोए जस्तै गरि भित्र बाट बाहिरको दृश्य हेर्दै रोइ रहेको थिए । डाक्टर मुस्कुराउदै भित्र पसे कस्तो छ बाबू मैले ठिक छ को इसारामा टाउको हल्लाए । एकैछिन ढोकामा सन्नाटा छायो कहाँ गए सबै जना ? ढोकामा कोहि आउला कि भनेर म प्रतीक्षा गरेर बसिरहेको थिए । नभन्दै टाउकोमा पछ्यौरा बेरेकी हातले मुख छोपेर एक अपरिचित ढोकामा आएर उभिएर मलाइ हेरिरही ।
मेरा आँखा धमिला भए मैले को हो ठम्याउन सकिन एकैछिन हेरिरहे । केही बेर पछि उसले आफ्नो हात मुखबाट हटाइ म दङ्ग परे । रिच्मा यो यहाँ कसरी आइ ? कस्ले बोलायो ? मसङ्ग त आएको दिन देखि कुरा नै भएको छैन । कस्ले भन्यो यस्लाइ म बिरामि भएको कुरा ? ला अब मम्मी बाबाले पनि थाहा पाउनु भयो मलाइ डर लाग्यो । उ घुक्क घुक्क गर्दै रुन थाली । बाबाले अंगालोमा बेरेर आडेस दिदै मलाइ हेरि राख्नु भयो । मलाइ कहिले गएर भेटम भै सक्यो तर भेट्न नपाइदो रहेछ। यो कस्तो नियम आफ्नो छोरोलाइ भेट्न पनि बाउ आमाले दिन कुर्न पर्नी ।
तीन दिन को लामो पर्खाइ पछि मलाइ आइ.सि.यिउमा लगियो । मेरो स्वास्थमा क्रमिक सुधार आउदै थियो तर शरीर भने अति नै कम्जोर भनेको थियो । पहिला भन्दा सास फेर्न धेरै नै सहज भएको थियो । आज त म परिवार सङ्ग भेट्ने दिन म यता अत्तिएको थिए भने उता बाबा मम्मीहरु पनि उस्तै आत्तिनु भएको थियो । मम्मी मेरो सिरानिमा बसेर एउटा हातले आँसु पुस्दै अर्को हातले मेरो निधार मसारी राख्नु भएको थियो । बाबा बहिनी दिदी भने उभिएर मलाइ हेरि रहेका थिए तर रिच्मा चाहिँ कुर्चिमा बसेर मेरो हात मसारी रहेकी थिए । मैले रिच्मा तिर हेर्दै सोधे कसरी थाहा पायौं त तिमिले उता बाट दिदिले मैले भनेर हो भनी । मेरो मोबाइल चार्ज गरेर ओन गर्दै थिए त्यही बेला यिनको सय भन्दा बढि म्यासेज आएको रहेछ खोलेर हेरे धेरैमा के भयो ओए तिमिलाइ किन हो फोन अफ गरेको भन्नी नै थियो ।
अनि मैले फोन गरेर यिनलाइ सबै कुरा बताए । त यहाँ आएको तीन दिन का दिन देखि यिनी यहि छिन तेरो आठ दिनका दिन बल्ल होस आयो । उस्ले अरु के भन्दै थिइ मेरो छातिमा टासिएर अङ्गालो मार्दै रुन थाली । केहि हुदैन मलाइ अब नरोउ नरोउ ।
लेखक: खुमानन्द(बिस्णु) ज्ञवालि