Logout

चर्चामा

पेरिसडाँडामा माओवादी केन्द्र र जसपाका नेताहरूबीच छलफल

861 Shares

काठमाडौं ।  माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच सत्ता समिकरणको विषयमा छलफल भएको छ ।  

जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले माओवादी केन्द्रका नेताहरुसँग छलफल गरेका हुन् । 

माओवादी केन्द्रले कांग्रेस र जसपासँग सत्ता सहकार्यको लागि छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठलाई जिम्मा दिएको छ ।  

‘नेताहरु पेरिसडाँडा गएर फर्किसक्नु भयो,’ जसपाका नेता केसब झाले भने । उनले नेताहरुबीच के विषयमा छलफल भयो त्यो खुलाएनन् ।

 मंगलबार माओवादी केन्द्रका अध्यक्ष दाहालले जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग पनि छलफल गरेका थिए ।

 त्यसो त आज बुधबार नै एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटेर सत्ता सहकार्यको लागि छलफल गरेका थिए ।   

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार