Logout

चर्चामा

सरकारको कूप्रचारविरुद्ध उत्रन प्रधानमन्त्री ओलीले दिए मन्त्रीहरुलाई निर्देशन

1k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरु विरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारका विरुद्धमा विरोधीहरुले कुप्रचार गरेको बताउदै त्यसको प्रतिवादमा उत्रिनुपर्ने बताए ।

विरोधीहरु आक्रामक ढंगले प्रस्तुत भइरहेका छन् सरकारको कामको प्रचार प्रसार गर्न र विरोधीको खण्डन गर्न प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्रीले हरेक मन्त्रीहरूलाई सरकारको कामको प्रचार गर्न, विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धीहरूको डिफेन्ड गर्न अनुरोध समेत गरे । 

सरकारको विरोध गर्दागर्दै लामो समय कटाएको भएपनि केहीले सरकार ढाल्न नसकेर अदालतको सहारा लिन पुगेको भन्दै प्रधानमन्त्रीले संसारको कुनैपनि देशमा अदालतबाट सरकार नबनेको बताए। प्रधानमन्त्रीले अघिल्ला वर्ष झैं तराईका जिल्लामा यस वर्ष डुबान नहुने बताए ।

जुन डुबान क्षेत्रहरू हो त्यहाँ हामीले अलिकति खोलेका छौँ । अरु ठाउँहरूमा पनि खोल्दै जानु आवश्यक छ । यसका निम्ति संयुक्त टोलीले सर्भे गर्ने, संयुक्त टोलीले निर्णय गर्ने र संयुक्त टोलीलाई खटाउनुपर्ने यहीँ बेला हो’, प्रधानमन्त्रीको भनाई थियो ।  सिमावर्ती क्षेत्रका बाँधबाट हुने डुबानबाट बच्न पनि संयुक्त टोलीसँग मिलेर कार्य गरी डुवान हुन नदिन चनाखो हुनुपर्ने प्रधानमन्त्रीले बताए। 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार