Logout

चर्चामा

कारोना अपडेट : पछिल्लो २४ घण्टामा २ हजार १ सय ४१ जना कोरोना संक्रमणमुक्त

686 Shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  यस्तै २ हजार १४१ जना निको भएका छन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३९ जनाले ज्यान गुमाएका छन् ।  मन्त्रालयका अनुसार जम्मा १२ हजार ४८४ जनामा परीक्षण गर्दा २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ (पीसीआर) र २४ हजार ५६ (एन्टिजेन विधिबाट) पुगेको छ ।  यस्तै हालसम्म ४ लाख ४५ हजार बढी संक्रमण मुक्त भएका छन् भने मृतकको कुल संख्या ८ हजार ५९७ पुगेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार