Logout

चर्चामा

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा खटिन जसपाका उपाध्यक्ष श्रेष्ठको अपिल

1.2k Shares

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा खटिन जसपाका उपाध्यक्ष श्रेष्ठको अपिल

काठमाडौ । मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएका छन् । मेलम्ची खानेपानी ड्याम बाढी समाप्त  पारेको छ । 
तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल सम्पूर्ण भत्किएको छ । बाढीले नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ । 

यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटनका लागी जसपाका प्रदेश नम्वर ३ का उपाध्यक्ष करण श्रेष्ठले हार्दिक अपिल गरेका छन्।  उनले भने यस्तो आपत बिपतमा यो पार्टी त्यो पार्टी भन्दा पनि मानवताको नाताले सहयोगमा हामी सबै जुटौ र स्थानीय जनतामा जसको घर बगाएको छ, उनिहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन र जो जससंग छ खानपिनको ब्यवस्था गर्न  अपिल गरेका छ ।
 तत्काल उद्धार, राहत तथा उपचारमा जुट्न उनले नेपाल सरकार समाजिक संस्था सहयोगी ब्यक्तिहरुलाई  अनुरोध समेत गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार